Listen Live: 

चितवनका एमाले नेता जेएन थपलिया बागमती प्रदेशको आर्थिक मामिला मन्त्री बन्ने

Radio Chitwan
मङ्लबार, पुस २६, २०७९

चितवनका एमाले नेता जेएन थपलिया बागमती प्रदेशको आर्थिक मामिला मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्रीको दाबेदारको रुपमा रहेका थपलिया माओवादीको भागमा मुख्यमन्त्री परेपछि दोस्रो बरियतामा रहनेगरी आर्थिक मामिला मन्त्री बनेका हुन् । उनि साढे दुई बर्षपछि मुख्यमन्त्री बन्नेगरी गठबन्धनमा सहमती भएको छ । चितवन क्षेत्र नम्वर १ ९क० बाट निर्वाचित थपलिया एमाले बागमती प्रदेश संसदीय दलको नेता हुन् ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी नेता शालिकग्राम जम्मरकट्टेल नियुक्त भएका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीको शपथ मंगलबार बिहान साढे ९ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने भएको छ । मुख्यमन्त्रीले शप थग्रहण गरे लगतै नेकपा एमाले तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को तर्फबाट एक–एक जनाले मन्त्री पदको शपथ ग्रहण गर्ने भएका छन् ।

राप्रपाबाट भने अहिलेसम्म कस्को नेतृत्वमा सरकारमा सहभागिता जनाउने भन्नेबारे जानकारी आएको छैन । सभामुख पनि राप्रपाले पाएको कारण संसदीय दलको नेता सभामुख बन्नेकी मन्त्री भन्ने अन्योलता रहेको राप्रपाको श्रोतको दाबी छ । तर आज मध्यरातसम्मका राप्रपाले पनि सरकारमा जाने व्यक्तिको छनोट गर्ने बुझिएको छ ।त्यसबाहेक एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीलाई पनि अर्को चरणको मन्त्रिपरिषद् विस्तारको समयमा समावेश गर्ने तयारी सत्ता गठबन्धनको रहेको छ ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram