Listen Live: 

गैँडाकोटको मेयरलाई खुलापत्रः तपाइँलाई एक करोडको नयाँ गाडी किन चाहियो ?

Radio Chitwan
सोमवार, पुस २५, २०७९

आदरणीय नगर प्रमुख,
गैंडाकोट नगरपालिका नवलपुर ।

मेयर ज्यूलाई नमस्कार । सन्चै हुनुहुन्छ होला । जाडोको मौसम छ स्वास्थ्यको ख्याल गर्नुहोला । हजुर नगर प्रमुख निर्वाचित भएको पनि आठ महिना बित्नै लाग्यो । आफ्नो घोषणापत्र अनुसार नगरको विकास निर्माणमा अघि बढिरहनु भएकै होला । नगरपालिका को भूगोल र समस्याका बारेमा परिचित हजुरलाई सिकाउनुपर्ने खासेै केही छ जस्तो लाग्दैन । यसो त हजुर जनप्रतिनिधिका रुपमा दोस्रो पटक निर्वाचित हुनुभएको हो । त्यसैले पनि कामको अनुभव राम्रै छ भन्ने लाग्छ । जनप्रतिनिधिका रूपमा काम गर्दा पञ्चायतका पालामा बजेट र प्रविधिको अभाव थियो भने अहिले एक्काईसौं शताब्दीको प्रविधि र आवश्यकताभन्दा बढी बजेट पाउनुभएको छ । त्यसैले काम गर्न सहजै होला भन्ने अनुमान छ ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेले नगरप्रमुख र आठ वटा वडामा मात्र चुनाव जितेको थियो । बहुमतका नाममा आपसी झगडा र उपमेयरको तालाबन्दीले कार्यकालको झण्डै तीन वर्ष सकियो । जनताको अपेक्षा अनुसार काम हुन सकेन । तर यसपटक प्रमुख, उपप्रमुख सहित १२ वटा वडामा नेपाली कांग्रेससहितको गठबन्धन को बहुमत भएको हुनाले मेयर साबलाई निर्णय गर्न र गरेको निर्णय कार्यान्वयन गर्न सजिलै छ भन्ने लाग्दछ ।

मेयर साब १
जीवनको उत्तरार्धमा नगरपालिकाको नगर प्रमुख भएर जनताको सेवा गर्न पाउनु हजुरको लागि एउटा महत्वपूर्ण र सुवर्ण अवसर हो भन्ने लाग्छ । नयाँ काम गरेर नगरबासीको मन जित्ने अवसर पनि छ, जुन बिरलै मान्छे हरुले मात्र प्राप्त गर्छन् ।
अब म मेयर साबलाई यो चिट्ठी लेख्नाको कारण राख्न चाहन्छु ।

गैंडाकोट नगरपालिका घोषणा भइसकेपछि २०७४ सालमा हुनुपर्छ स्थानीय विकास मन्त्रालयले नगरपालिकाकै बजेटबाट करिब ४१ लाख पर्ने टाटासुमो गाडी खरिद गरी नगरपालिका मा पठायो । त्यो गाडी कहिले मेयर ,कहिले उपमेयर र कहिले कार्यकारीका बीचमा उछिना पाछिन चल्यो । जसको परिणाम नगरपालिकाले झण्डै ५८ लाख पर्ने महेन्द्रको कम्पनीको स्कर्पियो जिप खरिद ग¥यो । पछि खरिद गरिएको स्कर्पियो नगरप्रमुख चढे भने टाटासुमो उपप्रमुख । जबकि उपप्रमुखलाई चालक सहितको गाडी दिने व्यवस्था कुनै नियम र कानुनमा नै थिएन । दुईटा गाडीमा नगरपालिकाले झण्डै एक करोड खर्च ग¥यो । यो सबै रकम गैँडाकोटको विकास निर्माण गर्ने बजेटबाट खर्च भएको कुरा मेयर साबलाई जानकारी नै होला । ती दुवै गाडी अहिले पनि चालु अवस्थामा नै भएको बुझिन्छ । २्२ वटा गाडी चालु अवस्थामा हुँदा हुँदै सुनिँदै छ नगरपालिका फेरि अर्को गाडी खरिद गर्दै छ । गाडि खरिद गर्ने योजनासहित नगरपालिका सोरुम हरुमा गाडी निरीक्षण गरिरहेको छ । स्कर्पियो र टाटा सुमो भन्दा आरामदायी एक करोड वरिपरि मूल्य पर्ने अर्को गाडी किन्ने नगरपालिकाको योजना छ ।

मेयर साब १ आफूभन्दा अगाडीका एमालेका मेयरले चढेको गाडी मैले किन चढ्ने रु भन्ने तपाइको तर्क हो भने ख्याल गर्नुहोला तपाईं पछि निर्वाचित हुने अर्को मेयरले तपाइँले चढेको गाडी चढ्ने छैन । यसरी हरेक पाँच वर्षमा नगरप्रमुख फेरिदा गाडी पनि फेरिने छ । यसरी गाडी थप्दा गाडी मात्रै थपिँदैन गाडी चलाउने चालकको तलब भत्ता, इन्धन र मर्मत सम्भार को खर्च समेत थपिन्छ । यस्तो गतिबिधिले जनतालाई सुशासन, सहुलियत र विकास निर्माण मार्फत समृद्ध गैंडाकोट बनाउने हाम्रो सपना कहिले पूरा हुन्छ रु निर्वाचित पदाधिकारीको गाडी मोहका कारण जनताबाट उठाइएको कर रकमलाई बिलासिता र ऐसका लागि प्रयोग गर्न जनप्रतिनिधि चुनेको होइन । त्यसैले नगरप्रमुख ज्यू तपाइँले यो निर्णय लिइ सक्नु भएको छ भने एउटा सचेत राजनीतिक परिवारको सदस्य हुनुको नाताले तुरुन्त सच्याउनु हुन मतदाताको तर्फबाट तपाईलाई हार्दिक अनुरोध गर्दछु ।

अन्यथा तपाईँको यो काम को जनताले बिरोध गरिरहने छन् । करको दुरुपयोग गरी कमिसनको खेलमा थप सवारी साधन किन्ने निर्णयको बिरोध गर्न मेयर साबलाई लेखेको यो पत्र मार्फत म सम्पूर्ण नगरबासी हरुलाई हार्दिक अनुरोध गर्दछु । जनताबाट उठाइएको कर जनताकै समृद्धिको लागि खर्च गर्न दबाब सृजना गरौ ।
हामीले नगरे कसले गर्ने रु अब पनि नगरे कहिले गर्नेरु

‘समृद्ध गैंडाकोट’ हाम्रो अभियान ।
गिरिराज उपाध्याय
गैंडाकोट –१
२०७९–०९–२५

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram