Listen Live: 

चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुका कारण पूर्वी नवलपरासीमा निकुञ्ज आसपासको बस्तीका स्थानीयले निकै सास्ती व्यहोर्नुपरेको

Radio Chitwan
सोमवार, पुस २५, २०७९

कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुका कारण पूर्वी नवलपरासीमा निकुञ्ज आसपासको बस्तीका स्थानीयले निकै सास्ती व्यहोर्नुपरेको छ।
विशेष गरेर जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको दक्षिण क्षेत्रमा निकुञ्जबाट निस्किने वन्यजन्तुले मानवीय क्षति सँगसँगै किसानले लगाएको बालीनालीमा क्षती पु¥याउने गरेका छन्। आइतबार मात्रै निकुञ्जबाट निस्किएको गैँडाको आक्रमणबाट कावासोती नगरपालिका वडा नं ११ मा आफ्नै आँगनमा आगो ताप्दै गरेकी ३७ वर्षीया अनिता बोटे र घाँस काट्दै गरेका कावासोती–१२ का टीकाराम अधिकारीलाई आक्रमण गरेर घाइते बनाएको छ। गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी बोटेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अधिकारी सामान्य उपचारपछि घर फर्किएका छ।
उनीहरूजस्तै आफ्नै घरमा बसेको या आफ्नै बारीमा काम गरिरहेको अवस्थामा गैँडाले आक्रमण गरेको घटना पटकपटक दोहोरिने गरे पनि वन्यजन्तु नियन्त्रणमा निकुञ्ज तथा स्थानीय प्रशासन गम्भीर नबनेको स्थानीयले बताउने गरेका छन्। उपभोक्ता समिति, निकुञ्ज प्रशासन, स्थानीय तह सबैसँग वन्यजन्तु नियन्त्रणको लागि पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको कावासोती–१२ का डुनराज सिग्देलले बताए।
वन्यजन्तुले मान्छेलाई गर्ने भौतिक आक्रमण मात्रै होइन किसानले लगाएको बालीनालीसमेत नष्ट गरिदिँदा स्थानीय थप मारमा परेका छ्न। जिल्लाको दक्षिण क्षेत्रका खेतमा एक वर्षमा तीन खेती हुने गरेको भए पनि बालीनालीमा वन्यजन्तुले क्षति पु¥याउँदा कृषकनै चिन्तित भएका हुन्। कावासोती नगरपालिकाको करिब चार किलोमिटर क्षेत्रमा गैँडालगायतका वन्यजन्तु रोक्न भनेर पर्खाल निर्माण गरिएको भए पनि गैँडालगायतका वन्यजन्तु आउने गरेको शान्तिकुञ्ज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष कमलबहादुर परियार बताए। विभिन्न ठाउँमा निकुञ्ज क्षेत्रमा प्रवेश गर्न बनाइएका अव्यवस्थित गेटबाट गैँडालगायतका वन्यजन्तु आउने गरेका अध्यक्ष परियारले जानकारी दिए। गैँडाले दिनहुँजसो बस्तीमा पसेर आतङ्क मच्चाएपछि स्थानीयवासी रातभर गैँडा कुरेर गैँडा लखेट्ने गरिरहेको उनको भनाइ थियो। “निकुञ्जबाट निस्किएका गैँडालाई उतै लखेटेर घर फर्किन्छौँ, हामी घरमा आइनपुग्दै गैँडा बस्तीमा आइपुग्छ”, उनले भने।
गैँडालगायतका वन्यजन्तुका कारणले खेतीबाली नष्ट भए पनि समयमै क्षतिपूर्ति नपाउने र पाइहाले पनि उचित क्षतिपूर्ति नपाउने गरेको कावासोती–१३ कृषक चेतनारायण चौधरीले बताए। स्थानीय मध्यवर्ती उपभोक्ता समितिको सिफारिसमा निकुञ्जले क्षतिपूर्ति उपलब्ध गराउने भए पनि झन्झटिलो प्रक्रिया र उचित क्षतिपूर्ति नपाउने कारणले किसान समस्यामा पर्ने गरेका कावासोती–१३ का पूर्ववडाध्यक्ष विनोद रानामगर बताए।
वन्यजन्तुले बालीनाली नष्ट गरिदिने, मान्छेलाई भौतिक आक्रमण गर्ने घटना दिनहुँजसो बढे पनि जनप्रतिनिधिको चासो यसमा नपरेको स्थानीयको गुनासो छ। निर्वाचनका बेला वन्यजन्तु नियन्त्रण गर्ने जिम्मा लिन्छौँ भनेर मत मागे पनि वन्यजन्तु नियन्त्रणको खासै काम जनप्रतिनिधिले नगरेको स्थानीय राजेश लम्सालले बताए। “नगरपालिकाको पहलमा मेस जाली लगाउने कामबाहेक वन्यजन्तु नियन्त्रण गर्ने अन्य कुनै प्रयास नहुँदा स्थानीयवासीको निकुञ्जप्रति हेर्ने दृष्टिकोण फेरिने हो कि भन्ने डर छ”, उनले भने।

आन्य समाचारहरु:-
April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

April 21, 2024
रत्ननगरका संस्थागत विद्यालयलाई भर्ना शुल्क नलिन नगरपालिकाे पत्रचार

रत्ननगर । चितवनकाे रत्ननगर नगरपालिका भित्र रहेका संस्थागत विद्यालयहरुलाई भर्ना शुल्क नलिन नगरपालिकाले निर्देशन दिएकाे छ ।  कार्यपालिकाको  बैशाख ९ गतेकाे निर्णय र नगर  शिक्षा ऐन २०७४ संशोधन सहितको दफा […]

April 20, 2024
चितवनको रत्ननगर वडा नं ५ मा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २६४ जनाले सेवा लिगेका छन ।

रत्ननगर । शिविरमा छालाराेगका २१ जना , बालराेगका ३१ जना, स्त्रीराेगका २२ र हाड जाेर्नी राेगका १९० जना गरि  २६४ जनाले स्वास्थय परिक्षण गराएका हुन। भने  १२२ जनाले प्रयोगशाला सेवाकाे […]

April 20, 2024
सौराहामा नेपाल तेक्वान्दो संघको आठौं केन्द्रीय साधारण सभा

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल तेक्वान्दो संघको आठौं केन्द्रीय साधारण सभा गरिएको छ । साधारण सभाको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ उद्घाटन गर्दै राजनीतिक हस्तक्षेपका कारण खेलकुद […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram