कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
खिचरा महोत्सवमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

चितवन, पुस २४–
“खिचरा महोत्सव”मा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । थारु कल्याणकारीणी सभा क्षेत्र नं। ७ को आायोजनमा पुष २८ देखि माघ ४ गते सम्म सञ्चालनमा हुने आठौ खिचरा महोत्सव परिसरमा प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा १२ टिम सहभागिता रहने आयोजकले जनाएको छ । भलिबल प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरुको सहभागिता रहने छ । हालसम्म ७ टिमले दर्ता गराइसकेको र दर्ता हुने क्रम जारी रहेको शिक्षा तथा खेलकुद समितिका संयोजक धनवर चौधरीले बताए ।
उनका अनुसार प्रतियोगितामा विजेताले नगद रु ४० हजार, उपविजेताले नगद रु २० हजार र तृतिय हुनेले १० हजार, ट्रफि, मेडल प्राप्त गर्नेछन। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जनालाई उत्कृष्ट खेलाडीको रुपमा सम्मान स्वरुप नगद ४ हजारसहित मेडल प्रदान गरिने जनाएको छ। त्यसैगरी उत्कृष्ट सटर, डिफेन्डर र क्वीकरलाई पनि नगद सहित मेडल प्रदान गरिने संयोजक चौधरीले बताए ।
प्रतियोगिताले खेलकुद प्रेमी दर्शकहरुलाई आकर्षिक गर्ने आयोजकको अपेक्षा रहेको छ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]