चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबल माघ २८ गतेदेखि हुने
चितवन ( स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेटेरान कप फुटबल माघ २८ गतेदेखि हुने भएको छ ।
चितवन भेटेरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका खेलहरु भरतपुर १० स्थित गेष्टहाउस चौरमा फागुन ४ गते गतेसम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन् । जसमा चितवन रातो र निलो गरी दुई, नेपालका अन्य १२, भारतको देहरादुन र कोलकाता सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिने क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए । प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले एक हजार ५०० प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता तयारी सुरु भएको क्लबका सचिव भरत सुवेदीले जानकारी दिए । स्व दीलिप राणाका छोरा अभिनय राणाले प्रतियोगिता सफलताको कामना गरे । स्व राणा पूर्व स्थानीय फुटबल खेलाडी हुन्
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]