Listen Live: 

चितवन महोत्सवको तयारी पूरा, सोमबार बिहान अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने

Radio Chitwan
आइतवार, पुस २४, २०७९

चितवन महोत्सवको तयारी पूरा, सोमबार बिहान अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने
चितवन, २४ पुस । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदै छ ।
महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालयलगायतका संरचना निर्माणको काम सकिएको श्रेष्ठले बताउनुभयो । विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको छ ।
महोत्सवमा रहने सम्पूर्ण कक्ष बिक्री भइसकेको श्रेष्ठले जानकारी दिनुभयो । यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहने श्रेष्ठले बताउनुभयो । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवद्र्धन गर्नेगरी तोरीबारी सहित मौरीको मस्कट महोत्सवभित्र राखिने श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १४औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् ।
महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले महोत्सवको उद्घाटन पुस २५ गते बिहान ८ बजे नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले गर्ने बताउनुभयो । त्यसैगरी महोत्सव अन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको ओलीले बताउनुभयो । उहाँकाअनुसार चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिनेछ ।
महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने भन्दै प्रवद्र्धन समितिका संयोजक ओलीले महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ६० तथा विद्यार्थीलाई रु ३० को टिकटको व्यवस्था गरिएको बताउनुभयो । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाखले अवलोकन गर्ने तथा रु २५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram