कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगर नगरपालिका वडा नं–३ को आयोजनामा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिचयपत्र वितरण

चितवन, पुस २४(
रत्ननगर नगरपालिका वडा नं–३ को आयोजनामा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिचयपत्र वितरण गरिएको छ ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले २५० विपन्न नागरिकलाई परिचय वितरण गरेका हुन् । उनले निःशुल्क स्वास्थ्य बिमा फागुन १ गतेदेखि लागू हुने बताए । उनले चुनावी अभियानमा घोषणा गरेको प्रतिबद्धताअनुरुप वडा नं–३ बाट परिचयपत्र वितरणको थालनी गरिएको बताए ।
नगरपालिकाले कोही पनि स्वास्थ्य उपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले तीन हजार ५०० विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको र छुटेका नागरिकको हकमा वडाका स्वास्थ्य केन्द्रले समन्वय गर्ने जानकारी दिए ।
नगरप्रमुख सापकोटाले विपन्न नागरिकले रत्ननगर बकुलहर अस्पतालबाट स्वास्थ्य बिमाको लाभ लिन सक्ने र उपचार गराउन नसक्ने विपन्न नागरिकलाई अझै सहज बनाउन थप ३० लाख रुपैयाँको स्वास्थ्य उपचार अक्षयकोष स्थापना गरिएको बताए । नगरपालिकाले शिक्षामा छात्रवृत्ति र कृषिमा अनुदान दिएको बताउँदै आफ्नो अधिकार प्राप्त गर्नका लागि हरेकले चासो राख्नुपर्ने बताए । ‘जुनसुकै नगरवासीको पीरमर्का समाधानका लागि मेयरको कार्यालय खुला छ’, उनले भने, ‘नगरपालिकामा आएर प्रत्यक्ष भेटेर आफ्नो समस्या र सुझाव राख्न सक्नुहुनेछ ।’
रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर–३ का सदस्य एवम् निःशुल्क स्वास्थ्य बिमा संयोजक शिव खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडाध्यक्ष खरेलले नागरिकले बाँच्न पाउने अधिकारबाट बञ्चित हुनुनपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमाका लागि एक करोड रुपैयाँको बजेट छुट्याइएको र सोहीअनुरुप १६ वटै वडामा विपन्न तथा सुकुमबासी नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम थालनी गरिएको बताए । यस्तै, सामूहिक खेतीका लागि पनि ५० लाख रुपैयाँको बजेट छुट्याइएकोले विपन्न किसानले यसबाट लाभ लिन आग्रह गरे ।
कार्यक्रममा वडा नं ३ का स्वास्थ्य केन्द्र प्रमुख निर्दोषी घिमिरे, वडा सदस्यहरु देवी सुनार, ईश्वर जमरकट्टेल, बैशाखनी थरुनीलगायत महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । परिचयपत्र वितरण कार्यक्रम रत्ननगर नगरपालिका–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षतामा भएको थियो ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]