Listen Live: 

प्रथम मौलिक कौरा प्रतियोगिताको उपाधि चन्द्र एकता मगर समाज भरतपुुर–२ क्षेत्रपुरको जित

Radio Chitwan
आइतवार, पुस २४, २०७९

चितवन, पुस २१–

प्रथम मौलिक कौरा ९नराहा० प्रतियोगिताको उपाधि चन्द्र एकता मगर समाज भरतपुुर–२ क्षेत्रपुरले जितेको छ ।

लोप हँुदै गएको मौलिक संस्कृतिलाई संरक्षण गर्न नेपाल मगर सांस्कृतिक संघ चितवनले कौरा प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा गैँडाकोट साली भेना सांस्कृतिक समूह दोस्रो र नेपाल मगरसंघ खैरहनी नगरसमिति तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो हुने समूहलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कारले सम्मान गरिएकोे छ ।

भरतपुर महानगरपालिका वडा नंं। ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले विजेता समूहलाई पुरस्कार हस्तान्तरण गरेका थिए । आदीवासी जनजाति उत्थानको लागि सधैै सरिक रहने उनको भनाइ छ ।

पहिलो हुनेलाई पुस २५ देखि माघ ४ गतेसम्म हुने चितवन महोत्सवमा नेपाल मगर संघ चितवनको प्रतिनिधित्व गरी कौरा नृत्य प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ । प्रतियोगितामा ७ वटा समूहले सहभागिता जनाएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष तथा कौराहा संरक्षक बलविक्रम थापा मगर, चलचित्र निर्देशक तथा फोनीज चितवनका अध्यक्ष रमेश रानामगर, राष्ट्रिय कौराहा गायिका लीला थापामगर, लोक दोहोरी तथा कौराहा गायिका बविता मगर रहेका थिए ।

नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आले मगरको अध्यक्षमा प्रतियोगिता भएको थियो । मगर समुदायको बसोबास बाक्लिँदै गएको चितवनमा संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष महेन्द्र दुरा, नेपाल मगर संघ बागमती प्रदेशका मुख्य सचिव मिलन थापामगर, नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगर, फोनिजका केन्द्रीय सदस्य चित्र सोल्टी गुरुङ, फोनीजका बाग्मती प्रदेश उपाध्यक्ष राजेश रुम्बा लामालगायतको उपस्थिति रहेको थियो ।

आन्य समाचारहरु:-
September 26, 2023
सर्वाेच्चको प्रश्न: ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई मुद्दा नचलाउनुको कारण के हो ?

काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]

September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

September 26, 2023
चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जली मङ्गलबार कोशी पठाइँदै

चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]

September 26, 2023
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram