भरतपुरमा बोरामा फालिएको दुई शवको अझै पहिचान भएन, प्रहरीले सार्वजनिक गर्यो मृतकको स्केच चितवन, मंसिर १७– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई […]
घाँटी रेटेर श्रीमती मार्ने अभियुक्तलाई कतारबाट नेपाल ल्याइयो

श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई अपराध महाशाखा र इन्टरपोलको समन्वयमा कतारबाट नेपाल ल्याइएको छ । श्रीमती हत्याको अभियोग लागेका सिरहाका भोगेन्द्रप्रसाद यादवलाई कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २०७२ सालमा श्रीमती आरती परियार यादवको हत्या गरी फरार भएका यादवलाई पक्राउ गर्न प्रहरीले करिब २ वर्ष पहिले इन्टरपोलमार्फत् रेड नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भएपछि कतार प्रहरीको सहयोगमा इन्टरपोलले कतारबाट यादवलाई सोमबार अपरान्ह ३ : ३० मा बजे नेपाल ल्याएको हो । यादवविरुद्ध ललितपुर जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ । प्रहरीले यादवलाई फरार प्रतिवादीकै रुपमा मुद्दा चलाएको हो । पक्राउलगत्तै प्रहरीले यादवलाई ललितपुर जिल्ला अदालतमा बुझाउने तयारी गरेको छ । यस्तो थियो घटना
२०७२ वैशाख १५ गते बिहान अन्दाजी साँढे ९ बजेको समयमा ललितपुर जिल्लाको लेले ९ फैडोल भन्ने स्थान नजिकै पीआईए पार्क जाने बाटोमा करिब २५ वर्षकी महिलाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । शव भेटिएपछि पुगेको प्रहरीले शवको सनाखत गर्न धेरै कोशिस गरेपनि सकेन । घटनास्थलमा शवको सनाखत हुने कुनै तथ्य र प्रमाण नपाएपछि अपराध शाखा ललितपुरले हुलिया र अनुहार चिनिने फोटोसहितको परिपत्र विभिन्न प्रहरी कार्यालयहरुलाई गर्यो । सोही क्रममा मृतक सिरहा जिल्लाको बिसनपुर गाउँपालिका ५ की २५ वर्षीय आरती परियार यादव भएको तथ्य खुल्यो । मृतकको पहिचान खुलेपछि अनुसन्धानलाई तीब्रता दिएको प्रहरीले हत्यामा आरतीकै श्रीमान भोगेन्द्रप्रसाद यादवको संलग्नता रहेको र कतारबाट श्रीमतीको हत्या गर्नकै लागि नेपाल आएको पाएको थियो । भोगेन्द्र र आरतीको साथबाट २ जना छोराहरुको जन्मसमेत भइसकेको थियो । तर भोगेन्द्र वैदेशिक रोजगारीमा गएको बेला आरती देवर नाता पर्ने रविकुमार यादवसँग नजिक रहेको र उनीहरु बीचमा सम्बन्ध रहेको बारे भोगेन्द्रले जानकारी पाए । त्यसपछि उनी सुटुक्क नेपाल आएर श्रीमतीको हत्या गरी पुनः कतार पुगेको प्रहरीले पत्ता लगाएको थियो । यही क्रममा अपराध महाशाखाले फरार अभियुक्तको खोजी र पक्राउका लागि २०७६ पुष ३ गते इन्टरपोल शाखालाई पत्र लेखेको थियो । त्यसपछि भोगेन्द्रको खोजीमा लागेको नेपाल प्रहरीको इन्टरपोल शाखाले कतार प्रहरीसँग समन्वय गरी भोगेन्द्रलाई पक्राउ गरी नेपाल ल्याउन सफल भएको हो ।
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
सोलुखुम्बु - सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय […]
महोत्तरी, साउन ११- महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंक लुटेर भागेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ १६ गते दिउँसो भएको बैंक लुटपाटको घटनामा संलग्न लुटेरामध्ये एक […]