Listen Live: 

नारायणी नदी किनारमा फोहोर डम्पिङ गरेको विरोधमा नगर वनस्थित फोहोरको टापुमाथि कविता वाचन गर्न गएका अभियन्तालाई प्रहरीको अवरोध

Radio Chitwan
आइतवार, पुस २४, २०७९

चितवन, पुस २४–

नारायणी नदी किनारमा फोहोर डम्पिङ गरेको विरोधमा नगर वनस्थित फोहोरको टापुमाथि कविता वाचन गर्न गएका अभियन्तालाई प्रहरीले अवरोध गरेको छ ।

भरतपुर महानगरपालिकाले नारायणी नदीकिनारमा फोहोर डम्प गर्दै आएको कार्यप्रति वातावरण संरक्षणकर्मीले विरोध जनाउँदै आएका छन् । ‘नारायणी बचाऔँ’ अभियान बनाएर अभियान्ताले नदीकिनारमा फोहोर पुरेर महोत्सव गर्ने तयारी गरेदेखि विरोध जनाउन थालेका हुन् ।

भरतपुर महानगरले नगर वनमा फोहोर डम्प गर्दा फोहोरको टापु नै बनेको छ । महानगरको विरोध स्वरुप फोहोरको टापुमा कविता वाचन गर्न पुगेका अभियन्तालाई प्रशासनले सुरक्षाकर्मी लगाएर कार्यक्रम गर्न रोक लगाएको हो ।

अभियन्तालाई रोक्न सादा पोसाकमा प्रहरी खटाइएको थियो । निषेधका बीच अभियान्ताहरु फोहोर डम्पिङ साइडमा पुगेर निरीक्षण गरी फर्किएका थिए ।

प्रहरीले डम्पिङ साइडमा प्रवेश गर्न निषेध गरेपछि वडा प्रहरी कार्यालय नारायणगढको कार्यालयअगाडिपट्टि नारायणी नदीको बगरमा अभियन्ताले कविता वाचन गरे । कार्यक्रममा प्रकृतिप्रेमी र वातावरण संरक्षणसम्बन्धी आठवटा कविता वाचन गरिएको ‘नारायणी बचाऔँ’ अभियानका अभियन्ता सागर कार्कीले बताए ।

‘नारायणी नदीमा महानगरले कसरी फोहोर व्यवस्थापन गरिरहेको छ भनेर अभियन्ताहरुलाई देखाउने र एउटा कार्यक्रम पनि गर्ने उद्देश्यले त्यहाँ जान लागेका थियौँ’, उनले भने, ‘मुख्यत त्यहाँको वस्तुस्थिति बुझ्ने योजना थियो । प्रवेश निषेध गरेर मुद्दालाई दबाउन खोजिएको छ ।’

भरतपुर महानगरले विगत १५ वर्षदेखि नारायणी नदीकिनारमा फोहोर डम्पिङ गर्दै आएको छ । फोहोरको उचित व्यवस्थापनका लागि स्यानिटरी ल्यान्डफिल साइट बनाइदिने भनेको कोरियन सरकार पछाडि हटेपछि केन्द्रीय सरकारको बजेटमै ल्यान्डफिल साइट बनाउने योजनामा महानगर पुगेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram