Listen Live: 

यातायात व्यवस्था कार्यालय चितवन विरुद्ध फेरि सर्वोच्च अदालतमा रिट

Radio Chitwan
आइतवार, पुस २४, २०७९

चितवन, पुस २४–

यातायात व्यवस्था कार्यालय चितवन विरुद्ध फेरि सर्वोच्च अदालतमा रिट परेको छ । चितवनमा नै सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को प्रयोगात्मक परीक्षा लिनको लागि कार्यालयले महालक्ष्मी ट्रायल सेन्टर छनौट गरेपछि सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वोच्चमा रिट हालेको हो ।

यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्यांकनका क्रममा चितवन ड्राइभिङ सेन्टरले निश्चित ट्रायल सेन्टरलाई आधार मानेर मापदण्ड बनाएको भन्दै सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चले चितवन ड्राइभिङ सेन्टरको रिट खारेज गर्दै बाँकी प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो । त्यसपछि महालक्ष्मी र सद्गुरुको आर्थिक प्रस्ताव मूल्यांकन गरिएको हो । आर्थिक प्रस्तावको मूल्यांकनप्रति असन्तुष्टि जनाउँदै सद्गुरु सर्वोच्च गएको हो ।

आर्थिक प्रस्तावमा सद्गुरु ड्राइभिङ्ग ट्र्निङ सेन्टरले एक पैसा र महालक्ष्मी ट्रायल सेन्टर प्रालिले शून्य रुपैयाँमा नै सेवाग्राहीलाई ट्रायल परीक्षा लिन दिने कुरा उल्लेख गरेको यातायात कार्यालय चितवनका लेखा अधिकृत सम्राटमणी अधिकारीले जानकारी दिए । मूल्याङ्कन समितिले उक्त प्रस्तावमाथी मुल्याङ्कन गर्दा महालक्ष्मीले दिने निशुल्क सेवालाई प्राथमिकता दिएको अधिकारीले बताए ।

‘हामीले पुस ६ गते देखि १२ गतेसम्म कान्तिपुर राष्ट्रिय दैनिकमा महालक्ष्मी ट्रायल सेन्टरलाई लाइसेन्स ट्रायल सेन्टर बनाउने निर्णय विरुद्ध निवेदन दिन पाइने भन्ने सूचना प्रकाशन गरेका थियौँ,’ उनले भने, ‘सोही सूचनाको आधारमा सद्गुरुले यातायात कार्यालयमा ६ गते नै निवेदन दियो, हामीले १२ गते जवाफ फर्कायौँ ।’ सर्वोच्चले स्टे अर्डरको आदेश दिएमा कार्यालयले लाइसेन्स वितरणको बाँकी प्रक्रिया अगाडि बढाउन पाउने छैन ।

महालक्ष्मी ट्रायल सेन्टरसँग पुस १७ गते सम्झौता भइसकेको अधिकारीको भनाई छ । सम्झौता अनुसार उक्त ट्रायल सेन्टरले ट्रायल लिनेबेला प्रशिक्षार्थीसंग पैसा नलिने बताएको छ । सेवाग्राहीले आफुखुसी सिक्ने बेलामा ट्रायल सेन्टरले छुट्टै शुल्क लिन पाउँछ ।

अहिले यातायात व्यवस्था कार्यालयमा नयाँ लाइसेन्स र नविकरण फाँटको लागि अस्थायी ९टिनको टहरा० संरचना बन्दै छ । उक्त टहरामा ६ वटा कोठा बनाउने तयारी भइरहेको अधिकारीले जानकारी दिए ।

उक्त फाँट संचालनको लागि विभागबाट कार्यालयको पहलमा कोटा खोल्ने काम हुने उनले बताए । बढिमा एक महिनाभित्र यातायात कार्यालयको नयाँ भवन ९जिल्ला समन्वय समितिको कार्यालय० अगाडिबाट सेवा सञ्चालन हुने लेखा अधिकृतले बताएका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram