सोलुखुम्बु - सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय […]
नाबालिकाको अश्लिल तस्बिर फेसबुकमा पोष्ट गर्ने व्यक्ति पक्राउ

एक नाबालिकाको अश्लील तस्बिर तथा नाबालिकाको नामसँग जोडिएको अश्लिल स्टाटस फेसबुकमा पोष्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न ललितपुर उपमहानगरपालिका २१ का दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको हो । साइबर ब्युरोका प्रवक्ता नवीन्द अर्यालका अनुसार दिपु भन्ने विकास महर्जनले धादिङकी एक नाबालिकाको अश्लील तस्वीर तथा नाबालिकासँग जोडिएका अश्लिल विषयहरुलाई सामाजिक सञ्जाल फेसबुक लगायतमा पोष्ट गर्ने गरेका थिए । महर्जनले नाबालिकाको अश्लील तस्बिर खिचेको र ती तस्बिरहरुलाई प्रयोग गरी धम्काउने, ब्ल्याकमेल गर्ने गरेका थिए । पछि नाबालिका निज महर्जनसँग टाढिन थालेपछि उनले नाबालिकाको अश्लिल तस्बिर तथा उनीसँग जोडिएका स्टाटसहरु फेसबुकमा पोष्ट गर्न थालेका थिए । दिपु भन्ने विकास महर्जनले आफ्नो चरित्र हत्या गरेको र आफूमाथि ब्ल्याकमेल गरेको भन्दै पीडित नाबालिकाको परिवारले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उजुरी लगत्तै फरार भएका महर्जनलाई साइबर ब्यूरोको टोलीले फागुन २२ गते आइतबार पक्राउ गरेको हो । पक्राउलगत्तै महर्जनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ । पक्राउ पर्नुअघि नै जाहेरी आएको र जाहेरीपछि प्राविधिक विश्लेषण गर्दा आरोपीले कसुर गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान गरिएको हो । २९ वर्षीय महर्जनले १६ वर्षीय नाबालिकाको चरित्र हत्या गर्ने प्रयास गरेका थिए । महर्जनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।
महोत्तरी, साउन ११- महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंक लुटेर भागेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ १६ गते दिउँसो भएको बैंक लुटपाटको घटनामा संलग्न लुटेरामध्ये एक […]
चितवन, वैशाख २६( चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले कँडेल परिवारले दिएको किटानी जाहेरीको आधारमा आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुंगटालाई अहिलेसम्म पक्राउ गर्न […]
काठमाडौं, वैशाख २२( नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा ९एमाले० का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन्। बुधबार पक्राउ पुर्जी […]