Listen Live: 

सहकारी नियमनदेखि फोहोर व्यवस्थापनका प्रश्न ,रत्ननगरका जनप्रतिनिधिप्रति नागरिकका गुनासो

Radio Chitwan
शनिबार, पुस २३, २०७९

चितवन, पुस २३(

रत्ननगर नगरपालिकाका जनप्रतिनिधिलाई नागरिकले भोगेका विभिन्न समस्याबारे प्रश्न गरेका छन् ।

नगरपालिकाको शुक्रबार सम्पन्न प्रथम चौमासिक सार्वजनिक सुनुवाइमा नागरिकले प्रश्न गरेका हुन् ।

कार्यक्रममा ३० बढी नगरवासीले आआफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए । कार्यक्रममा सहभागीहरुले ढिलासुस्ती हटाइनुपर्ने, अव्यवस्थित बसोबास गरिरहेका भूमिहिनको व्यवस्थापन गरिनुपर्ने, विद्यालयमा अभिभावकलाई नै व्यवस्थापन समितिको अध्यक्ष बनाइनुपर्ने, दमकलको व्यवस्था, दैवीप्रकोप पूर्वतयारी तालिम, सडक सुरक्षा, पार्किङ व्यवस्थापन, खेलाडी उत्पादन, खोलाको ठेक्का खोल्नुपर्ने, साइनबोर्ड कर पुनर्विचार गरिनुपर्ने, फोहोर व्यवस्थापन र सुरक्षा मापदण्ड, बिउपूँजीसहितको महिला उद्यमी तालिम, विद्यालय अनुगमन, लागुऔषध नियन्त्रण, सहकारीको नियमन, मेलमिलाप समितिको पूर्णतालगायतका विषयमा जिज्ञासा राखेका थिए ।

नगरवासीले उठाएका विविध सवालबारे नगरप्रमुख प्रल्हाद सापकोटा, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगरशिक्षा अधिकारी बद्रीनारायण शर्मा, पूर्वमेयर नारायण वन, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डीएसपी रविनबाबु रेग्मीले जवाफ दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस रत्ननगरका कार्यवाहक सभापति कमलनाथ अधिकारी, नेकपा ९एमाले०का नगरकमिटी सचिव शिवराज सुवेदी, नेकपा ९माओवादी केन्द्र०का नगरअध्यक्ष श्याम बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रामनाथ भट्टराई र राप्रपाका नगरअध्यक्ष गोविन्द अधिकारीले नगरले गर्नुपर्ने कामकारबाहीका विषयमा चर्चा गरेका थिए ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रममा उठेका सवाललाई नगरपालिकाले गम्भीररूपमा मनन गरेर अगाडि बढ्ने, सुझाव पेटिकामा संकलित सुझावलाई मध्यनजर गर्दै कार्यपालिकाको बैठकमा समीक्षा गरेर कार्यान्वयन गर्ने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।

कार्यक्रममा सहभागीहरुले नगरपालिकाले सुरु गरेको विपन्नहरुको स्वास्थ्य उपचार कोष, स्वास्थ्य बिमा, सेवाग्राहीको सेवा प्रवाह र भुक्तानी प्रणालीमा सहजताजस्ता कार्यहरुको सराहना गर्दै नगरपालिकाको कर्मचारी प्रशासनलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
बिप्स मिडियाले सहजीकरण गरेको कार्यक्रमअघि ५० जना सेवाग्राहीबीच गरिएको सर्वेक्षणमा नगरपालिकामा जुनसुकै काम गराउँदा घुस खुवाउनु नपरेको, कसैको भनसुनमा काम गराउनु नपरेको र राजनीतिकरूपमा पूर्वाग्रही भई काममा ढिलासुस्ती गरेको पाइएको थियो । असल शासनको अभ्यास रत्ननगरले अवलम्बन गर्दै गएको पनि सर्वेक्षणमा सहभागीहरुले राय प्रकट गरेका थिए ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram