कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार छ: अध्यक्ष नेपाल

काठमाडौँ, पुस २३(
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताउनुभएको छ ।
पार्टी निकट नेवा राष्ट्रिय सङ्घको आज राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताउनुभयो । उहाँले संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गरेको उल्लेख गर्दै केही नेताको अहङ्कारले नयाँ धु्रवीकरण भएको विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
“सरकारको साझा नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र पार्टीले विश्वासको मत दिने वा समर्थन नगर्ने विषयमा निर्णय गर्नेछ”, अध्यक्ष नेपालले भन्नुभयो । पार्टीका जनवर्गीय सङ्गठन, स्थायी कमिटी र पोलिटब्यूरो बैठकबाट अहिले सरकारमा नजान र सङ्गठन निर्माणमा केन्द्रित हुन सुझाव आएको उहाँको भनाइ थियो । उहाँले छरिएर रहेका वाम शक्तिलाई एकताबद्ध गरी बलियो कम्युनिष्ट शक्तिको खाँचो रहेकाले त्यसको निर्माणका लागि केही दलसँग छलफल भइरहेको जानकारी दिनुभयो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]