Listen Live: 

चितवन ब्युटीपार्लर युनिटीले चितवनका ब्युटीसियन व्यवसायीहरुलाई लक्षित गरी एडभान्स ब्युटिसियन तालिम दिए

Radio Chitwan
शनिबार, पुस २३, २०७९

चितवन, पुस २३–

चितवन ब्युटीपार्लर युनिटीले चितवनका ब्युटीसियन व्यवसायीहरुलाई लक्षित गरी एडभान्स ब्युटिसियन तालिम दिएको छ ।

उधोग वाणिज्य संघ चितवनको सहकार्यमा युनिटीले चार दिने एडभान्स ब्युटिसियन तालिम राखेको हो ।

यस चार दिने तालिममा चितवनका सय बढी ब्युटीसियन व्यवसयीहरुलाई तालिम दिएको चितवन ब्युटी पार्लर युनिटीका संस्थापक अध्यक्ष योगिता पियाले नारायणी अनलाइनलाई बताइन् ।

चार दिने निःशुल्क तालिममा चितवनका ब्युटिसियन ब्यवसायीहरु सुनिता खड्का, सावित्री रेग्मी, सबिना चौधरी,संगिता अर्यालले मेक अप, नेल आर्ट र रसियन हेयर स्टाइलसम्बन्धी प्रशिक्षण दिएको बन्सरी ब्युटी पार्लर सञ्चालिका सुनिता खड्काले नारायणी अनलाइनलाई बताइन् ।
अहिलेको आधुनिक समयमा यो पेसामा नयाँ टेक्निकहरु आइरहेकोले यसको ज्ञान दिनको लागि यो तालिम गरिएको र यसले चितवनका ब्युटिसियन ब्यवसायीलाई धेरै राहत पुग्ने युनिटीका संस्थापक अध्यक्ष पियाले जानकारी दिइन् । तालिम लिन आएकी ब्युटी पार्लर व्यवशायी रोजिना लामाले यो निःशुल्क चार दिने एडभान्स तालिम निकै फलदायी रहेकोे बताइन् । उनले थपिन्, ‘यूनिटीले अझै यस्तै राम्रो काम, तालिम गर्दै जाओस् भन्दै युनिटीलाई धन्यवाद दिन चाहन्छु ।’ तालिम पुस १७ देखि २० गतेसम्म उधोग वाणिज्य संघको सभाहलमा चलेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram