रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
भरतपुर महानगरपालिकाभित्र भएका विभिन्न समाजिक सुधार र विकास निर्माणको कामहरुमा नागरिकले दुई दर्जन बढी गुनासो

चितवन, पुस २३(
भरतपुर महानगरपालिकाभित्र भएका विभिन्न समाजिक सुधार र विकास निर्माणको कामहरुमा नागरिकले दुई दर्जन बढी गुनासो गरेका छन् ।
भरतपुर महानगरपालिको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०७९÷८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाईमा नागरिकले सरकारी निकायहरुको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।
सहभागीहरुले ६ लेन सडकमा भत्काइएको संरचना, फोहर व्यवस्थापन, घरबाहल कर, ड्रेनको निर्माण, समानुपातिक विकास, भरतपुरका सडकको चौडाई, विमानस्थल विस्तारबारे दुई दर्जन बढी प्रश्न सोधेका थिए ।
कार्यक्रममा नागरिकको गुनासो सुनेपछि भरतपुरकी मेयर दाहालले निर्माणधिन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् । भरतपुरमा निर्माधिन राष्ट्रिय गौरवको आयोजना र निर्माण हुने सिग्नेचर ब्रिज, अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र ल्याण्डफिल साइटको कामलाई पूर्णता दिने उल्लेख गरिन् ।
एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेश नेपालीले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरुले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए ।
सहभागीहरुले गुनासो तथा सुझावहरुको भरतपुर महानगरपालिकाका सीडीई लक्ष्मी भण्डारी, वातावरण महाशाखा प्रमुख विराट घिमिरे, विद्युत प्रधिकरणका प्रमुख, जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरि अधिकारी, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भरतपुर महानगरपालिका राजस्व महाशाखा प्रमुख बिसुराम कुँवर, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायतले जवाफ दिएका थिए ।
भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथामिकतामा राखेर अघि बढेको उल्लेख गरिन् । महानगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्ने योजना अनुरुप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साइट निर्माण गर्ने कार्यले गति नलिएको बताइन् ।
उनले जलदेवी सामुदायिक वनको १६ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको ल्याण्ड फिल्ड साइटमा दातृ निकायले कुनै निष्कर्ष नदिँदा बिलम्ब भएको जानकारी दिइन् । अब केही सयम यो निकायलाई पर्ख र हेरको अवस्था महानगरपालिका रहेको भन्दै उनले संघीय सरकारको सहयोगमा भए पनि काम अगाडि बढाउने मनस्थितिमा महानगर रहेको विचार राखिन् ।
मेयर दाहालले कुनै पनि कुरामा गुनासो नआउने गसरी काम अगाडि बढाउन सम्बन्धित महाशाखा, शाखाका कर्मचारीहरुलाई निर्देशन समेत दिइन् । उनले महानगरपालिकाको कामलाई छिटो छरिदो बनाउन नयाँ सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको पनि प्रष्ट पारिन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले राष्ट्रिय परिचय–पत्र र ई पासपोर्टको सेवा लिन आउने नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय कटिबद्ध रहेको बताए । उनले जिल्ला प्रसाशन कार्यालयमा हुने कामबारे कुनै गुनासो भए प्रमुख जिल्ला अधिकारीको सार्वजनिक मोबाइल नम्बरमा फोन गर्न आग्रह गरे ।
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]