Listen Live: 

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्दै

Radio Chitwan
शुक्रबार, पुस २२, २०७९

काठमाडौं, पुस २२(

प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्दैछन्। सभापति देउवाले निवास धुम्बाराहीमा आज अपरान्ह साढे ४ बजे छलफलका लागि देउवाले दुई महामन्त्रीलाई बोलाएका हुन्।

‘महामन्त्रीद्वयसँग समसामयिक राजनीतिक घटनाक्रम र अब बस्ने केन्द्रीय समितिलगायत विषयमा सभापतिले छलफल गर्न लाग्नुभएको हो। यो औपचारिक छलफल होइन। सभापतिले अनौपचारिक रूपमा पार्टीका नेताहरूसँग दिनहुँजसो छलफल गरिरहनुभएको छ, यो छलफल त्यसैको निरन्तरता मात्र हो,’ देउवानिकट एक पदाधिकारीले भने।

बैठकमा संसदीय दलको बैठकका एजेन्डाबारे पनि छलफल हुनेछ। कांग्रेसले शनिबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक राखेको छ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram