कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन

चितवन, पुस २३(
पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो ।
रु तीन करोड ४७ लाख ३१ हजारको लागतमा निर्माण गरिएका ती सिँचाइ प्रणालीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले कृषिलाई आधुनिकीकरण गर्ने क्रममा सिँचाइ प्रणाली आवश्यक रहेको बताउनुभयो । महानगरले अहिलेसम्म पाँच सय ६२ स्यालो ट्युवेल निर्माण गरिदिएको उहाँले बताउनुभयो । यस वर्ष पनि महानगरबाट एक सय वटा स्यालो ट्युवेल वितरण गर्ने उहाँले जानकारी दिनुभयो । सिँचाइको अभावमा स्थानीयले खेप्नु परेको समस्या समाधानका लागि कोसेढुङ्गा साबित भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “हिउँदमा समेत सिँचाइको व्यवस्था हुने गरी गरिएका यी आयोजनाले जनताको समस्या समाधान गर्ने विश्वास लिएको छु ।” कृषिको प्रचुर सम्भावना भएको यस ठाउँमा सिँचाइको अभाव भएको उहाँले बताउनुभयो । दीर्घकालीन हिसाबले नारायणी सिँचाइ आयोजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो । कृषि क्षेत्रको विकासका लागि महानगर लागिपरेको उहाँले बताउनुभयो ।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले हालसम्म चार हजार बिघा ९दुई हजार पाँच सय हेक्टर० क्षेत्रफलमा सिँचाइ पु¥याइएको जानकारी दिनुभयो । विसं २०७७ मा स्थापना भएको सो कार्यालयले जिल्लाको १० हजार पाँच सय हेक्टर क्षेत्रफलमा बाह्रै महिना दिगो भरपर्दो सुलभ सिँचाइ पु¥याउने लक्ष्य लिएको छ । यसका लागि रु चार अर्ब ६४ करोडको आयोजना रहेको उहाँले जानकारी दिनुभयो । हालसम्म कार्यालयले ६० ठूला डिप ट्युववेल सिँचाइ प्रणाली र तीन सय २५ स्यालो ट्युबवेल निर्माण कार्य सम्पन्न गरेको उहाँले बताउनुभयो ।
कार्यालयले चितवन र मकवानपुरका विभिन्न पालिकामा काम गर्दै आएको छ । आयोजनाको भरतपुर महानगरपालिका तथा रत्ननगर, कालिका, राप्ती र खैरहनी नगरपालिका कार्यक्षेत्र हो भने वार्षिक कार्यक्रमले तोकेअनुसार चितवनको माडी र मकवानपुरसमेत हेर्दै आएको उहाँले जानकारी दिनुभयो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

