Listen Live: 

सहारा क्लबले बर्सेनि गर्दै आएको मोफसलकै प्रतिष्ठित आहा १ रारा पोखरा गोल्डकपको २२ औं संस्करण शनिबार सकिँदै

Radio Chitwan
शुक्रबार, पुस २२, २०७९

२२ पुस, पोखरा । सहारा क्लबले बर्सेनि गर्दै आएको मोफसलकै प्रतिष्ठित आहा १ रारा पोखरा गोल्डकपको २२ औं संस्करण शनिबार सकिँदैछ । उपाधिका लागि ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब बीवाईएससीले मैदानमा संघर्ष गर्नेछन् ।

बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले आहा १ राराको नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको हो ।

आहा १ राराको २२ औं संस्करणसम्म आइपुग्दा संकटा ६ पटकमात्रै सहभागी भएको छ । जसमा एक पटक उपाधि उचालेको छ । संकटाले ०७७ को संस्करणमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

पहिलो पटक फाइनल पुगेको अमेरिकी टिम भुटनिज युथको प्रतियोगितामा दोस्रो सहभागिता हो । अघिल्लो संस्करणमा यो टिम क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

शनिबारको फाइनलमा एक वर्षको अन्तरमा दोस्रोपल्ट फाइनल पुगेको संकटा पुनः उपाधि चुम्ने दाउमा हुनेछ भने भुटनिज युथ क्लब पनि प्रतियोगितामा जित हासिल गरेर उपाधि जित्ने पहिलो विदेशी टिम बन्ने लक्ष्यमा छ ।

१४ पुसदेखि सुरु भएको आहा १ रारा पोखरा गोल्डकपमा अहिलेसम्म २० गोल भएको छ । जसमा पहिलो गोल उद्घाटन खेलमा आयोजक सहाराविरुद्ध धरान फुटबल क्लबका लागि प्रकाश बुढाथोकीले गरेका थिए ।

जारी प्रतियोगितामा हालसम्म २३ पहेंलो कार्ड र एउटा रातो कार्ड प्रयोग भएको छ । बिहीबारको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजका आशिष चौधरीले रातो कार्ड पाएका थिए ।

उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यसै संस्करणदेखि आहा १ रारा गोल्डकपको नाम परिवर्तन गरेर ‘आहा १ रारा पोखरा’ राखिएको प्रतियोगितामा पुरस्कार राशीसमेत बढाइएको हो ।

टर्ला त संकटाको संकट रु

३ पटक ए डिभिजन लिग जित्ने इतिहास बोकेको संकटा गत संस्करण सातौं भएको थियो । रेलिगेसन नहुने गरी २०७५ मा आयोजित लिगमा भने संकटा उपविजेता थियो । संकटालाई त्यो उपलब्धी दिलाउने प्रशिक्षक सल्यान खड्गीले नै यसपल्ट पनि जिम्मेवारी पाएका छन् ।

आर्मी र संकटाबीचको खेल ।
यसपटक संकटा नयाँ सिजनका लागि खेलाडी अनुबन्धनमा आक्रामक देखिएको छ । संकटाले हालैमात्र ६ जना राष्ट्रिय खेलाडीलाई टिममा अनुबन्ध गरेको छ । संकटामा प्रवेश पाउने नयाँ सदस्यमा राष्ट्रिय टिमका सुनील बल, आयुश घलान, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टिकेन्द्र थापा हुन् ।

नयाँ सिजनका लागि संकटामा अनुबन्ध भएका आयुष र निशान थ्रीस्टारबाट आएका हुन् । गौतमले गत सिजनको लिग त्रिभुवन आर्मी एफसीबाट खेलेका थिए । टिमको कप्तानी सम्हालिरहेका सुनिल अघिल्लो सिजनमा लिग च्याम्पियन मच्छिन्द्रबाट खेलेका थिए ।

नयाँ खेलाडी अनुबन्ध गरेपछि पहिलो पटक मैदान छिरेको संकटाका लागि आहा १ रारा पोखरा गोल्डकपको हरेक खेल उत्तिकै महत्वपूर्ण थियो । उसलेले क्वार्टरफाइनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई ३–१ ले हराउँदा सेमिफाइनलमा अर्को विभागीय तथा साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्न सफल रह्यो ।

दोस्रो पटक फाइनल पुगेर दोस्रो पटक नै उपाधि जित्ने दाउमा रहेको संकटाको प्रशिक्षकमा सल्यान खड्गी छन् । ‘हामीले राम्रो तयारी गरेर आएका छौं । फेरि पनि उपाधि जित्ने नै हाम्रो लक्ष्य हो,’ उनी भन्छन्, ‘हामीले नयाँ सिजनको लिगलाई नै फोकस गरेर तयारी गरेका हौं ।’

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram