कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास

२२ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास थालेका छन् । राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको यसमा संलग्न नेताहरुको दाबी छ ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ । कांग्रेसका केही नेताहरुले प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्न प्रयास थालेका छन् ।
एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले सपथ लिएकै दिन ११ पुसमा कांग्रेसका केही केन्द्रीय सदस्यहरुबीच लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन पहल गर्ने छलफल भएको थियो । त्यही छलफलका क्रममा गैरवामपन्थी सरकार बन्न सक्ने हिसाब देखाएपछि नेताहरुले त्यो सन्देश देउवासम्म पनि पु¥याएका छन् ।
एक केन्द्रीय सदस्य भन्छन्, ‘पाँच दलको गठबन्धन त टिकेन भने खुद्राखाद्री जोडेर कहाँ सम्भव छ भनेर सभापतिज्यूले धेरै रुचि दिनुभएन ।’
संस्थापन पक्षकै दोस्रो तहका नेताहरुले भने रुचि दिए । उनीहरुले साना दलका नेताहरुसँग सम्वाद थाले । त्यसक्रममा बिहीबार कांग्रेस सभापति देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच संवाद भएको कांग्रेस सम्वद्ध स्रोतको दाबी छ । लिङ्देन निकटवर्तीहरु भने यसलाई स्वीकार गर्दैनन् ।
कांग्रेससम्वद्ध स्रोतका अनुसार अहिले पहिलो प्रयास प्रचण्डलाई विश्वासको मत पाउनबाट रोक्नु हो ।
यो कांग्रेसले सोचेजति सहज भने छैन । किनकि त्यसका लागि सरकारमै सहभागी दललाई मत दिनबाट रोक्नुपर्छ । अहिलेको प्रतिनिधिसभामा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र जनमत पार्टीका ६ सांसद छन् । सबैले मत दिए १३७ हुन्छ ।
स्वतन्त्र सांसदद्वय प्रभु साह र अमरेशकुमार सिंहले साथ दिनासाथ प्रचण्डले विश्वासको मत पाउनेछन् ।
स्रोतका अनुुसार नयाँ गठबन्धन बनाउने प्रयासमा एकीकृत समाजवादीका नेताहरु सकारात्मक छन् । सरकारमै गएको जनमत र प्रधानमन्त्रीमा दाबी पेश गर्दा समर्थन जनाएको नागरिक उन्मुक्तिलाई आफूतिर ल्याउन सकिने नयाँ गठबन्धन बनाउन लागेका कांग्रेस नेताहरुको विश्वासमा छन् । यो अवस्थामा राप्रपाले मात्र साथ दियो भने पनि प्रचण्डले विश्वासको मत पाउने छैनन् ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा साथ दिएको राप्रपा न्यूनतम साझा कार्यक्रम बनाउने प्रक्रियामा सहभागी भएको छ । २७ पुसमा सार्वजनिक बिदा दिने लगायतका माग पूरा भए सरकारमै जाने राप्रपा नेताहरुको तयारी छ ।
एमाले–गठबन्धनतिर जान नदिन राप्रपालाई प्रधानमन्त्री दिनु परे पनि तयार हुनुपर्ने कांग्रेसका कतिपय नेताहरु बताउँछन् । नयाँ गठबन्धन बनाउन लागेकामध्ये एक केन्द्रीय सदस्य भन्छन्, ‘७९ सांसद भएको एमालेले ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री दिन हुन्छ भने हामीले १४ सिट भएको राप्रपालाई दिन किन नहुने रु यसमा पनि खुला हुनुपर्छ भनेर हामीले भनेका छौं ।’
कांग्रेसले प्रस्ताव ग¥यो र राप्रपाले स्वीकार ग¥यो भने पनि प्रधानमन्त्री बन्न सहज छैन ।
किनकी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संविधानको धारा ७६९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । यदि उनले विश्वासको मत पाएनन् भने नयाँ सरकार गठन संविधानको धारा ७६९३० अनुसार हुन्छ । यसअनुसार प्रतिनिधिसभाको सबभन्दा ठूला दल कांग्र्रेसका सभापति शेरबहादुर देउवा स्वतः प्रधानमन्त्री नियुक्ति हुनेछन् । त्यसैले ०५२र५३ मा जस्तो राप्रपालाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार भयो र संसदमा बहुमत जुट्यो भने पनि ७६९३० को प्रक्रिया पुरा गरेर ७६९४० मा जानुपर्ने हुन्छ ।
अर्को विकल्प भनेको २६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने, राप्रपा सरकारमा जाने र निश्चित समयपछि समर्थन फिर्ता लिने बाटो राज्नुपर्ने हुन्छ । यो बेलामा प्रचण्डले विश्वासको मत नपाए ७६९२० अनुसार नयाँ सरकार गठनको प्रक्रिया हुनसक्छ । त्यो बेला पनि संसदको अंक गणितमा भर पर्छ । त्यसैले आफ्नै पार्टीका केही नेताहरुको ‘रहर’ गर्दैमा राप्रपा प्रयोग हुने सम्भावना कम देखेको कांग्रेसका एक पदाधिकारी बताउँछन् ।
राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रधानमन्त्रीको प्रस्ताव औपचारिक रुपमै नआएको बताउँछन् । भन्छन्, ‘क्षणिक रुपमा गठबन्धन परिवर्तन गर्दा हामीले जुन उद्देश्य लिएर हिँडेका छौं, त्यो प्राप्त गर्न कठिन हुन्छ भनेर हाम्रो अध्यक्षले पक्कै हेर्नुहुन्छ ।’
कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि कांग्रेस अहिलेको समीकरण भत्काउने र नयाँ बनाउने काममा नलागेको बताउँछन् । ‘भोलि संसदीय दलको बैठक छ, २६ गते फेरि बैठक गर्छौं र विश्वासको मतबारे हाम्रो धारणा सार्वजनिक गर्छौं’ उनले भने, ‘अहिलेलाई गठबन्धन भत्काउने र नयाँ बनाउने कुरा छैन ।’
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]