कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
विपन्न वर्गका विद्यार्थीहरु चिसो मौसमा विद्यालय जान समस्या भएपछि मैयाँदेवी ट्रष्ट नेपालले विद्यार्थीहरुलाई न्यानो कपडा वितर

विपन्न वर्गका विद्यार्थीहरु चिसो मौसमा विद्यालय जान समस्या भएपछि मैयाँदेवी ट्रष्ट नेपालले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
आज ९बिहीबार० पूर्वीचितवनको कालिका नगरपालिका–१ गडुवास्थित राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई ट्रष्टले न्यानो कपडा वितरण गरेको हो । वडा अध्यक्ष सन्तविर स्याङताङ र ट्रष्टका महासचिव टंकनाथ पौडेलले विद्यार्थीहरुलाई स्वीटर र टोपी वितरण गरेका थिए । स्वर्गीय समाजसेवी एवं पूर्व सांसद मैयाँदेवी श्रेष्ठले ट्रष्टको स्थापना गरेका थिए । उनको निधन पश्चात ट्रष्टले सामाजिक कार्यलाई तिव्रता दिइरहेको छ ।
ट्रष्टले शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक उत्तरदायित्व अन्तरगतका कामहरु गर्दै आइरहेको महासचिव पौडेलले बताए । ‘विद्यार्थीहरुमा न्यानो कपडाको अभावमा विद्यालय जान समस्या भएको थाहा पाएपछि मैले सहयोगको बचन दिएको थिए, सोही अनुरुप ७० भन्दा बढी विद्यार्थीहरुलाई आज आफ्नै हातबाट न्यानो कपडा वितरण गर्न पाए’–पौडेलले भने । न्यानो कपडा पाएपछि विद्यार्थीहरु हर्षित भएका थिए । विद्यालयमा उपस्थिति अभिभावकहरुले पनि मैयाँदेवी ट्रष्टबाट न्यानो कपडा पाउँदा खुशी व्यक्ति गर्दै बालबालिकालाई विद्यालयसम्म पठाउन भोग्दै गरेको समस्या सुनाएका थिए ।
यस विद्यालयमा विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने भएकाले लत्ताकपडा, स्टेशनरीलगायत सामग्रीको जहिल्यै अभाव हुने गरेको विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र शाही घिमिरेले जानकारी दिए । ‘यहाँ धेरैजसो विद्यार्थी विपन्न वर्गकै छन्, परिवारलाई आफैलाई खानलाउन समस्या भइरहेको बेला बालबालिकाहरुलाई सहज रुपमा विद्यालय पठाउन पनि आनाकानी गर्छन्, आर्थिक अभावले बालबालिकाहरु पातलो कपडामा विद्यालय आउन बाध्य छन्’–प्रधानाध्यापक घिमिरेले भने ।
नर्सरीदेखि ५ कक्षासम्म पढाई हुने यस विद्यालयमा विस्तारै भौतिक पूर्वाधारहरु निर्माण हुने क्रममा छन् । वडा अध्यक्ष सन्तविर स्याङताङले विद्यालयको शौचालय निर्माणदेखि अन्य भौतिक पूर्वाधार निर्माणमा सहयोग गरिरहेको बताए । ‘मेरो वडाको यस विद्यालयलाई राम्रो बनाउन प्रयासरत छु, विद्यालयका शिक्षक कर्मचारीहरु पनि राम्रोसंग लाग्नुपर्यो, मेरोतर्फबाट सबै सहयोग गर्न तयार छु’–वडा अध्यक्ष स्याङताङले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी सरोज गुरुङ, वडा सदस्य जीवन लामालगायतको उपस्थिति रहेको थियो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]