सोलुखुम्बु - सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय […]
पोल सार्न घुस लिने सब स्टेसन प्रमुखविरुद्ध मुद्दा दायर

बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग घुस लिने नेपाल विद्युत् प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा पाटन ललितपुर सव-स्टेशनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । अख्तियारको टोलीले पहाडीलाई बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख चालीस हजार रुपैयाँ लिइसकेको अवस्थामा गत मङ्सिर २९ गते नियन्त्रणमा लिएको थियो । जीर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको हुँदा हुँदै पनि बिजुलीको पोल सार्न सेवाग्राहीसँग घुस लिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको थियो । पहाडीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले एक लाख चालीस हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरेको छ ।
महोत्तरी, साउन ११- महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंक लुटेर भागेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ १६ गते दिउँसो भएको बैंक लुटपाटको घटनामा संलग्न लुटेरामध्ये एक […]
चितवन, वैशाख २६( चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले कँडेल परिवारले दिएको किटानी जाहेरीको आधारमा आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुंगटालाई अहिलेसम्म पक्राउ गर्न […]
काठमाडौं, वैशाख २२( नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा ९एमाले० का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन्। बुधबार पक्राउ पुर्जी […]