Listen Live: 

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिले हातमा लगाएको सुनको ब्रासलेट चोरी गर्ने सुरक्षागार्ड पक्राउ

Radio Chitwan
शुक्रबार, पुस २२, २०७९

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिले हातमा लगाएको सुनको ब्रासलेट चोरी गर्ने सुरक्षागार्ड पक्राउ परेका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ स्थित केराबारीमा यही पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमति प्रदेश ०३–००३ प ६५७४ नं।को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तनहुँको भानु नगरपालिका वडा नंं।२ घर भई हाल जिल्ला चितवन भरतपुर– १ बस्ने वर्ष ३७ का सञ्जिव बहादुर रायमाझी घाईते भई भरतपुर अस्पतालमा उपचार गराउदा उनको उपचारको क्रममा मृत्यु भएको थियो । उनको शव अस्पतालकै आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखेको बेला हात लगाएको सुनको ब्रासलेट चोरी भएको थियो ।

मृतकको आफन्तले ब्रासलेट चोरी भएको थाहा पाएपछि प्रहरीले अनुसन्धान गर्दैजाँदा अस्पतालकै सुरक्षा गार्ड खोटाङ ऐसेलुखर्क गाउँपालिका वडा नं। ६ घर भई हाल भरतपुर–७ बस्ने वर्ष २७ का कृष्ण राईलाई पक्राउ गरेको हो । उनलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram