Listen Live: 

चितवनको भरतपुर महानगरपालिकामा सहज खानेपानी वितरणका लागि नेपालकै ठूलो ओभरहेड ट्याङकी निर्माण अन्तिम चरणमा

Radio Chitwan
शुक्रबार, पुस २२, २०७९

चितवनको भरतपुर महानगरपालिकामा सहज खानेपानी वितरणका लागि नेपालकै ठूलो ओभरहेड ट्याङकी निर्माण अन्तिम चरणमा पुगेको छ ।

आउँदो फागुन १४ गतेभित्रमा निर्माण सक्ने गरि जखडीमाई सहलगानी खानेपानी आयोजना अन्तरगत रहेका दुई वटा ओभरहेड ट्याङकी मध्ये सबै भन्दा ठूलो ९ सय घनमिटरको ओभरहेड ट्याङकीको निर्माण अन्तिम चरणमा पुगेको हो । भरतपुर–१० स्थित भरतपुर खानेपानी व्यवस्थापन बोर्ड परिसरमा निर्माणाधीन ओभरहेड ट्याङकीको काम धमाधम भइरहेको छ । ‘आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत सकिएको छ भने वित्तिय प्रगति ६९ प्रतिशत रहेको छ’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख सुन्दर सुवेदीले भने ‘सम्झौता अवधिमै काम सकाउने गरि काम भइरहेका छन् ।’

वि।सं।२०७७ असार ८ गते भएको सम्झौता २०७९ असार ७ गते सकिएको थियो । कोभिडका कारण काम सम्पन्न गर्न ढिलाई भएपछि फागुन १४ गतेसम्मको म्याद थप गरिएको छ । यो अवधिमा काम सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजना प्रमुख सुवेदीले भने । यस आयोजना निर्माणमा भरतपुर खानेपानी व्यवस्थापन बोर्डको ३० प्रतिशत र बाँकी रकम संघीय सरकारको लगानी रहेको छ ।

बिहीबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै यस ट्याङकी निर्माण सकिएलगत्तै भरतपुरबासीलाई सहज रुपमा खानेपानी उपलब्ध गराउन सकिने बताइन् । उनले महानगरबासीलाई स्वच्छ खानेपानी खुवाउने आफ्नो अभियान रहेको भन्दै सोही अनुरुप धेरै खानेपानी आयोजनाहरु अगाडि बढाइएको बताइन् । ‘भरतपुर महानगरको मेयरमा निर्वाचित भएपछि मैले दर्जनौं खानेपानी साना तथा ठूला आयोजनाहरु अगाडि बढाए, म बोर्डको अध्यक्षको हैसियतले पनि यो नेपालकै ठूलो ओभरहेड ट्याङकी निर्माणको अग्रसरता लिएको थिए’–मेयर दाहालले भनिन् ।

उनले यस अवधिमा भरतपुरका सबै बासिन्दलाई स्वच्छ खानेपानी खुवाउने बताइन् । उनले रामनगरमा देखिएको खानेपानीको समस्या पनि छिट्टै समाधान हुने बताइन् । ‘हामीले दिर्घकालिन रुपमै ठूलो आयोजना रामनगरमा अगाडि बढाएका छौं, तत्काल हुने कामहरु पनि भइरहेका छन्’–मेयर दाहालले भनिन् ।

जखडीमाई सहलगानी खानेपानी आयोजना अन्तरगत भरतपुर ११ मै ४५० घनमिटरको ओभरहेड ट्याङकी निर्माण सम्पन्न भइसकेको छ । हाल निर्माणको अन्तिम चरणमा रहेको ट्याङकी निर्माण सम्पन्न भएलगत्तै भरतपुरका १३ हजार ५५२ जना लाभान्वित हुने भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिए । यस आयोजना कुल २७ करोड १७ लाख २४ हजार रुपैयाँमा बोलपत्र स्वीकृत भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इन्जिनियर चिरञ्जीवी सेढाईले जानकारी दिए । उनले यस आयोजनामा ७५ किलोमिटर पाइपलाइन, २ वटा बोरिङ र २ वटा ओभरहेड ट्याङ रहेको बताए ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram