काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
लागुऔषध चितवनमा भयावह बन्दै

भरतपुर ,पुस २२(
चितवनमा लागुऔषधको दुव्र्यसनमा किशोरकिशोरी बढी फस्ने गरेका छन् । किशोर किशोरीहरुले सही र गतल के हो छुट्याउन नसक्ने भएकोले पनि बढी दुव्र्यसनमा फस्ने गरेका हुन् । उनीहरुमा भविष्यको बारेमा सही निर्णय लिन सक्ने क्षमताको विकास भएको हुँदैन । तर, पछिल्लो समय किशोर किशोरी उच्च शिक्षा अध्ययनका लागि विभिन्न स्कुलबाट क्याम्पस आउने भएकोले साथीको संगतअनुसार फस्ने गरेको पाइएको छ ।
सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख मणिराज महतोकाअनुसार लागुऔषध प्रयोगकर्तामध्य धेरै संख्या क्याम्पस पढ्ने विद्यार्थीहरु छन् । क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीभन्दा कक्षा ११ र १२ का विद्यार्थी बढी मात्रामा लागुऔषध प्रयोग गर्ने भेटिएका छन् । उहाँले भन्नुभयोे, ‘११ र १२ का विद्यार्थी प्रायः किशोरकिशोरी उमेर समूहका हुने भएकाले उनीहरुलाई यस कुलतको बारेमा थाहा हुँदैन । जसका कारण साथी संगिनीको संगतले पनि लागुऔषधमा आर्कषण बढ्दै गएको हो ।’
महतोका अनुसार विद्यार्थीको झोला चेकजाँच गर्ने क्रममा उनीहरुका साथबाट लागुऔषध बरामद गरिएको खण्डमा विद्यार्थीको अभिभावकलाई बोलाएर क्याम्पस प्रशासनले निष्काशन गर्दै आएको छ । उहाँले भन्नुभयो, ‘पछिल्लो समय लागुऔषध प्रयोग गर्ने किशोरकिशोरीको संख्या बराबर रहेको छ, केटाले खुलेआम प्रयोग गर्छन् भने केटीले लुकाएर लागुऔषध प्रयोग गर्छन् ।’ महतोले सप्तगण्डकी बहुमुखी क्याम्पसमा हिजो ९बिहीबार० देखि ११ र १२ का विद्यार्थीहरुको झोला चेकजाँच कार्य सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार क्याम्पसको मिनी गेटमा चेकजाँच गर्दा विद्यार्थीको झोलामा मोबाइल तथा अन्य प्रतिबन्धित सामान भेटेमा क्याम्पस प्रवेश गर्न दिइने छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सहरीकरणका कारण पछिल्लो तीन वर्ष लागुऔषधको घटना बढेको छ । आर्थिक वर्ष २०७९र८० को मंसिरसम्म चितवन प्रहरीले लागुऔषधको मुद्दामा ७२ जनालाई पक्राउ गरेको छ । जसमध्ये ६३ जना नेपाली र ९ जना भारतीय छन् । ४४ जना विरुद्ध लागुऔषधको मुद्दा दर्ता भएको छ ।
आर्थिक वर्ष २०७८र७९ मा लागुऔषधको मुद्दामा १७० जनालाई पक्राउ गरिएको उपरीक्षक पण्डितले जानकारी दिनुभयो । पक्राउ परेकामा १५४ पुरुष, ११ महिला र ५ बालक रहेका छन् । तीमध्ये १०६ जना विरुद्ध लागुऔषधको मुद्दा दर्ता भएको छ । त्यस्तै आर्थिक वर्ष २०७७र७८ को तथ्याङ्कअनुसार प्रहरीले लागुऔषध मुद्दामा १३६ जनालाई पक्राउ ग¥यो । जसमा १२८ पुरुष, ६ महिला र २ बालक रहेका छन् ।
पण्डितका अनुसार लागुऔषधमा अधिकांश १८ वर्ष उमेर समूह तथा १८ वर्ष भन्दा कम उमेरका बालबालिका फस्ने गरेका छन् । ‘धेरैजसो युवायुवतीसाथी संगिनीको कारण, कस्तो हुन्छ त यो खाँदा भन्ने कौतुहलताका कारण सेवन गर्न सिक्दै जाने गरेका छन्’, उहाँले भन्नुभयो, ‘तर नेपाल सरकारको कानुनअनुसार १८ वर्ष उमेर समूहका बालबालिकालाई बालबालिका ऐन अनुसार कारबाही हुने गर्छ ।’
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]