भरतपुरमा बोरामा फालिएको दुई शवको अझै पहिचान भएन, प्रहरीले सार्वजनिक गर्यो मृतकको स्केच चितवन, मंसिर १७– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई […]
पेस्तोल र ब्राउन सुगर सहित बाँकेबाट ३ जना पक्राउ

बाँकेको खजुरा गाउँपालिका–१ स्थित बहादुरपुरबाट प्रहरीले अटोमेटिक पेस्तोल र ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षका रविन्द्र थापा उर्फ गल्छी, खजुरा गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिश थापा र नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका सुरेश रोका मगर छन् । ईलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर बसन्त आचार्यको कमाण्डमा खटिएको टोलीले रविन्द्र थापाको घरमा सर्च गरेर ९० ग्राम ब्राउन सुगर र पेस्तोल बरामद गरेको छ । आरोपीहरु खजुरा–१ स्थित बहादुरपुरमा रहेको रविन्द्र थापाको घरमा सँगै भेटिएका हुन् । बरामद पेस्तोलको म्याग्जिन फेला परेको छैन् । प्रहरीका अनुसार मनिश र सुरेश रविन्द्र थापासँग लागु औषधका कारोबार गर्न उनको घरमा पुगेका थिए । आरोपीहरु विरुद्ध लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
सोलुखुम्बु - सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय […]
महोत्तरी, साउन ११- महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंक लुटेर भागेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ १६ गते दिउँसो भएको बैंक लुटपाटको घटनामा संलग्न लुटेरामध्ये एक […]