कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरमा आयुर्वेद सेवा प्रर्बद्धन सम्बन्धी अन्तरक्रिया

रत्ननगर । चितवनको रत्ननगरमा विहीबार आयुर्वेद सेवा प्रर्बद्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले पत्रकारहरुसंग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा केन्द्रकी प्रमुख डा.कोपिला अधिकारीले आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने सेवा र त्यसको प्रभाकारिताको बारेमा सहजीकरण गरेकी थिइन् ।
सो अबसरमा उनले केन्द्र र यस मातहतमा रहेका सेवा केन्द्रबाट आर्थिक बर्ष २०७८÷७९ मा ५६ हजार १२३ जनाले सेवा लिएको जानकारी दिइन । वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रदेशिक आयुर्वेद औषधि उत्पादन केन्द्रका निर्देशक डा.सुरेश महर्जनले चितवनको रत्ननगरबाटै आयुर्वेदिक औषधि उत्पादनको लागि तयारी अन्तिम चरणमा पुगेको बताए ।

रत्ननगरको बकुलहरमा निर्माण गरिएको केन्द्रबाट बैशाखको पहिलो हप्ताबाट औषधि उत्पादनको काम सुरु हुने बताए । उनले केन्द्रले १३३ वटा जडिबुटीको प्रयोगबाट ३६ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्ने तयारी गरेको बताए । यो नेपालकै पहिलो आयुर्वेदिक औषधि उत्पादन केन्द्र हो उनले भने यहाँबाट उत्पादन भएका औषधि देशभरका सरकारी आयुर्वेद अस्पतालमा निःशुल्क रुपमा प्रदान गरिने छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रका बैद्य डाक्टर देवेन्द्र कुमार यादबले सञ्चालन गरेका थिए ।





चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]