Listen Live: 

सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई अपराध र प्रहरीको गतिविधिहरुबारे अभिमुखीकरण गर्दै प्रहरी प्रमुख अधिकारी

Radio Chitwan
बिहिबार, पुस २१, २०७९

चितवन, पुस २१(

चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले जिल्लामा प्रहरीको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप नभएको बताएका छन् ।

सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई अपराध र प्रहरीको गतिविधिहरुबारे अभिमुखीकरण गर्दै प्रहरी प्रमुख अधिकारीले आजसम्म आफूले हस्तक्षेपको कुनै अनुभव नगरेको बताएका हुन् । उनले भने, ‘ चितवनमा दुईवटा निर्वाचन गराइसकेको छु । कुनै राजनीतिक दलले कुनै काममा हस्तक्षेप गरेको महसुस गरेको छैन । कतैबाट यस्तो गर्नुप¥यो भनेर दबाबमूलक फोन आएको छैन । ’ यद्यपि विभिन्न सामाजिक कारणले चितवनमा सुरक्षाको व्यवस्थापनको काम निकै चुनौतीपूर्ण भने रहेको उनले बताए । राजमार्गको छेउछाउ, बढ्दो शहरीकरण र ठूलो आर्थिक लेनदेनको कारणले पनि सुरक्षामा चुनौतीपूर्ण रहेको उनको विचार छ ।

प्रहरी प्रमुख अधिकारीले भने, ‘ चितवन नेपालकै मानिसहरु आवतजावत गर्ने ट्रान्जिट प्वाइन्ट भएकोले सुरक्षा व्यवस्था कायम गर्न चुनौतीपूर्ण छ । चितवनमा धेरै मानिसहरु अन्यत्रबाट आएर बसेका छन् । ७७ जिल्लाकै मानिसहरु चितवनमा छन् । सानो कुरालाई पनि ठूलो विषय बनाएर अराजकता मच्चाउने समूहहरु सक्रिय रहेका छन् । घरजग्गाको कारोबार र बढ्दो पर्यटन गतिविधिका कारणले पनि सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । ’ उनले कहिलेकाहीँ त प्रहरीले रातभरी सुत्न पनि नपाउने अनुभव सुनाए ।

सप्तगण्डकी बहुमुखी क्याम्पसको आमसञ्चार र पत्रकारिता विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीले संयोजन गरेको कार्यक्रममा विद्यार्थीहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रहरी प्रमुख अधिकारीले कुनै प्रहरीले गल्ती गरे पनि प्रहरी संगठन नै गलत हुन नसक्ने बताए । उनले भने, ‘ प्रहरी भनेकै नागरिकको सेवामा खटिने व्यक्ति हो भन्ने बुझ्नुपर्छ । चितवनको सुरक्षा व्यवस्थापनमा नागरिकको महत्वपूर्ण भूमिका हुने भएकोले कानुनको शासन स्थापित गर्न सबै नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्छ । प्रहरीलाई हेर्ने गलत सोचमा परिवर्तन ल्याउनुपर्छ ।’

कार्यक्रममा प्रहरी निरीक्षक कुशल कुमार बर्तोलाले क्याम्पसका विद्यार्थीहरुलाई साइबर अपराधका कारणहरु, चितवनमा साइबर अपराधको अवस्था र यसको रोकथामका उपायहरुबारे अभिमुखीकरण गराएका थिए । बर्तोलाले सामाजिक सञ्जालमा साथी बनाउँदा, सन्देश पठाउँदा र चलाउदा विशेष सजग हुनु सकेमा साइबर अपराध नियन्त्रण गर्न सजिलो हुने बताए । कार्यक्रममा क्याम्पसका ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram