Listen Live: 

प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हरि ढकाललाई मंगलवार स्वागत तथा सम्मान

Radio Chitwan
बिहिबार, पुस २१, २०७९

रत्ननगर । प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हरि ढकाललाई मंगलवार स्वागत तथा सम्मान गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले सांसद ढकाललाई स्वागत तथा सम्मान गर्दै विकास निर्माणको विषयमा ध्यानर्कषण समेत गराएको हो ।

सो वडाका वडाध्यक्ष आशिक तामाङले सांसद ढकाललाई स्वागत गरी विकास निर्माणको सम्भावनाको विषयमा जानकारी समेत गराएका थिए । सो अबसरमा सांसद ढकालले जनचाहना अनुसार आफुले काम गर्ने प्रतिबद्धता जनाए । संसदमा नीति र भूगोलमा थिति बसाल्ने जनचाहना रहेको भन्दै उनले आफ्नो प्राथमिकता रहेको बताए ।

सांसद ढकालले निर्बाचन क्षेत्रमा अलपत्र अबस्थामा रहेका आयोजनालाई पूर्ण गरी थप योजना ल्याउने प्रतिबद्धता जनाए । ग्रामिण क्षेत्रको विकासको लागि पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिने उनको भनाई छ । वडा अध्यक्ष तामाङले नवनिर्वाचित सांसद ढकालबाट वडाबासीले ठुलो अपेक्षा गरेको भन्दै स्थानीय मागलाई सम्बोधन गर्ने गरी योजना आउनेमा आफु विश्वस्त रहेको बताए ।

कार्यक्रममा माधवपुर माविका निमित्त प्रधानाध्यापक शान्ता खत्री, विन्देश्वरी माविका अध्यक्ष पुरुषोत्तम कट्टेल, प्रधानाध्यापकका हरि खनाल, नमुना आधारभूत निमाविकी प्रधानाध्यापक शोभा श्रेष्ठ, विन्देश्वरी टोल विकास संस्थाका अध्यक्ष सीता भट्टराई, माधबपुर कृषि सहकारीका अध्यक्ष रेशमराज लामिछाने, कृष्णप्रसाद लामिछाने, चन्द्रप्रसाद लामिछाने लगायतले मन्तव्य राखेका थिए । वडा सचिव रुपबहादुर पण्डित क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य इमप्रसाद पन्तले स्वागत मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram