Listen Live: 

बाँकेको नेपालगञ्जमा दादुराबाट एक बालकको मृत्यु

Radio Chitwan
बिहिबार, पुस २१, २०७९

बाँके, पुस २१–

बाँकेको नेपालगञ्जमा दादुराबाट एक बालकको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का साढे २ बर्षका बालकको हिजो मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए।

उनको उपचारको क्रममा मृत्यु भएको हो। केही दिन यता उपमहानगरपालिकामा दादुर रोग फैलिएको छ। ५,७ र ८ नम्बर वडामा दादुरा फैलिएको उनले बताए।

हालसम्म २४ जनामा दादुरा देखिएको स्वास्थ्यशाखा प्रमुख चन्दले बताए। उनीहरुमा ज्वरो आउने, जीउ दुख्ने, रुघा खोकी लाग्ने तथा मुखभित्र नीलो र सेतो रङ्गको दाग लगायत लक्षण देखिएको छ।

चन्दकाअनुसार विशेषज्ञहरुको टीम टोलटोलमा पुगेर जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने, अभिलेख लिने र छिट्टै खोपको अभियान चलाउने तयारी भइरहेको छ।

आन्य समाचारहरु:-
September 12, 2024
पेवा साकोसको बार्षिकोत्सवमा रक्तदान : ११५ युनिट रगत संकलन

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा बिहीवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ११५ युनिट रगत संकलन भएको छ । पेवा बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रममा […]

September 7, 2024
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले मनायो न्वागी पर्व

रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने […]

September 7, 2024
भरतपुरमा अत्याधुनिक सुविधा सहितको ड्रीम्स कलेज संचालनमा, एक करोड बराबरको छात्रवृत्ति घोषणा सहित

B.Sc.CSIT कोर्ष अध्यापन गराईँदै भरतपुर,भदौ २२ - चितवनको भरतपुर-१० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधा सहितको ड्रीम्स कलेज संचालनमा आएको छ।  सुदुर पश्चिमान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज […]

September 7, 2024
रत्ननगरलाई पुरस्कार दिलाएका लम्साललाई निजामतीसेवा पुरस्कार

रत्ननगर । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्साल निजामती सेवा पुरस्कार २०८१ वाट पुरस्कृत भएका छन् । नेपाल सरकारले गतबर्ष घोषणा गरेको सो पुरस्कार निजामती सेवा दिवसको अबसरमा शनिबार […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram