कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको भरतपुर महानगरपालिका–२ मा रहेको जलदेवीपार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै

चितवन, पुस २१(
चितवनको भरतपुर महानगरपालिका–२ मा रहेको जलदेवीपार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पार्कभित्र विभिन्न आकर्षक भौतिक संरचना निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।
मुग्लिनतर्फबाट भरतपुर आउँदा नारायणगणढको प्रवेशद्वारको रुपमा रहेको आँपटारीमा अवस्थित रमणीय यस पार्क जलदेवी सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक पर्यटकलाई आकर्षित गर्न बनाएको हो । वन समूहका अध्यक्ष माधव देवकोटाले पर्यटन विकासका लागि जलदेवी पार्कको निर्माण गरिएको बताउनुभयो । उहाँले आन्तरिक पर्यटक वृद्धिका लागि पिकनिक स्पोट, जिपलाइन, पोखरी, नयाँ पुस्ताले नदेखेका रोटे पिङ, ढिकी, रुखमा जनावरहरुको चित्र, पृथ्वीमाथि बसेको चिल, फाइबरबाट बनेको जोडी बाघ, पार्कका विभिन्न ठाउँमा बस्नका लागि कुर्सीलगायतका संरचना रहेको बताउनुभयो । उहाँले पर्यटकलाई थपआकर्षण गर्न ट्रि हाउस ९रुखमाथि घर० बनाइएको र यसबाट बाह्यपर्यटकहरु सजिलै भित्र्याउन सकिने बताउनुभयो ।
धार्मिक पर्यटक भित्र्याउनका लागि पार्कभित्र शिवलिङ्ग पनि निर्माण गरिएको छ । उक्त शिवलिङ्ग २२ फिट अग्लो रहेको र अबको एक महिनापछि उक्त शिवलिङ्ग सञ्चालनमा आउने अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।
उहाँले ९ ओटा वनभोज स्थल रहेको पार्कमा वनभोज खान तथा घुम्न गरी वार्षिक एक लाख मानिस आउने गरेको बताउनुभयो । अध्यक्ष देवकोटाले भन्नुभयो, ‘अहिले आन्तरिक पर्यटकहरु पिकनिकका लागि आइरहेका छन्, पिकनिको समयमा दैनिक १३ देखि १४ टिम पिकनिकका लागि आउने गरेका छन् ।’
पार्कमा प्रवेश शुल्क २० रुपैयाँ रहेको छ । पिकनिकका लागि आउने टोलीसँग दुई हजारदेखि २५ सय रुपैयाँ शुल्क लिने गरिएको देवकोटाले बताउनुभयो । सामुदायिक वनकाअनुसार पार्कले वनभोज लगायतका पर्यटकीय गतिविधिबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ । यहाँ पूर्वी बर्दिबास, नुवाकोट, तनहँुको खैरहनीलगायत ठाउँबाट पिकनिकको लागि अथवा दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् ।
यस पार्कभित्र बालबालिकाको आकर्षण बढाउनका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । उक्त चिल्ड्रेन पार्कमा प्रवेश शुल्क १० रुपैयाँ रहेको र बालबालिकाको लागि खेल्नको लागि विभिन्न गेमहरु रहेको उहाँले बताउनुभयो । ‘पार्कलाई थप आकर्षक बनाउनका लागि १८ कठ्ठामा फैलिएको पोखरीमा पुल बनाउने, रुखबाट डोरी टाँगेर खेलिने गेम बनाउने काम भइरहेको छ, सबै संरचना निर्माण भएपछि यो नमूना पर्यटकीय केन्द्रका रुपमा विकास हुनेछ’, उहाँले भन्नुभयो ।
उहाँले महानगरले अथवा अन्य विभिन्न क्षेत्रबाट सहयोग मिले थप संरचना निर्माण गरिने जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२ आँपटारीमा रहेको उक्त पार्क २०६२ सालबाट सञ्चालनमा आएको हो । कोरोनाको कारण यस पार्क तीन वर्षसम्म नचल्दा २० लाख रुपैयाँको नोक्सानी बेहोर्नु परेको अध्यक्ष देवकोटाले गुनासो गर्नुभयो ।
अहिले पार्कमा पर्यटकको संख्या बढ्दै गएको उहाँले बताउनुभयो । सामुदायिक वनको कुल ४१९ हेक्टर क्षेत्रफलमध्ये १९९ हेक्टर वन हस्तान्तरित वन क्षेत्र र बाँकी संरक्षित वनको रुपमा रहेको छ । वनको क्षेत्रफलमध्ये ३।५ हेक्टर क्षेत्रफलमा पार्क तथा पिकनिक स्पोट निर्माण गरिएको हो । पार्क क्षेत्र भरतपुर वडा नम्बर १ मा पर्ने भए पनि वडासँग कुनै समन्वय नहुने गरेको वडा नम्बर १ का वडाध्यक्ष केशव महर्जनले बताउनुभयो ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

