कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा जाने अन्तिम तयारीमा

काठमाडौं,पुस २१(
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । बढीमा तीन मन्त्रालय लिएर सरकारमा जाने तयारीमा पार्टी रहेको पार्टी उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको हो । राप्रपाले उपप्रधानसहित बढीमा तीन मन्त्रालयको दाबी गरेको छ ।
“अध्यक्षज्यूकै नेतृत्वमा सरकारमा जाने हो,” स्रोतले भन्यो, “बढीमा तीन मन्त्रालयको दाबी हो । मन्त्रालय त कुन–कुन हो म भन्दिनँ । तर, विकास केन्द्रित मन्त्रालयको माग हाम्रो हो ।” पर्यटन मन्त्रालयमा राप्रपाको दाबी छ । राप्रपाले साझा न्यूतम कार्यक्रम आएपछि सत्तामा जाने निर्णय गरेको छ । कार्यक्रममा पृथ्वी जयन्तिमा बिदा दिनुपर्ने, मन्त्रिपरिषद्को निर्णय अख्तियारले छानबिन गर्न पाउनुपर्ने, मल अभाव समाधान गर्न मल प्रशोधन कारखाना स्थापनाको काम यसै आर्थिक वर्षभित्र सुरु गर्नुपर्ने लगायत विषय साझा न्यूनतम कार्यक्रमभित्र पर्नुपर्ने उसको माग छ ।
अध्यक्ष लिङ्देनले साझा न्यूतम कार्यक्रम आएपछि मात्र सरकारमा जाने निर्णय हुने बताए । उनले आफ्ना एजेन्डा कार्यक्रममा सहभागी भएपछि कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा जाने निर्णय हुने जानकारी दिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]