Listen Live: 

नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति चितवनले ‘प्रथम मौलिक कौराहा प्रतियोगिता’ गर्ने

Radio Chitwan
बुधबार, पुस २०, २०७९

चितवन

नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति चितवनले ‘प्रथम मौलिक कौराहा प्रतियोगिता’ गर्ने भएको छ ।

‘भाषा, कला, लिपि, संस्कृति एवम् साहित्य संरक्षणको लागि पहिलोपटक प्रतियोगिता गर्ने तयारी भइरहेको नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन् । भाषा, कला र भेषभूषा संरक्षण नभएसम्म जातीयताको अस्तित्व नरहने हुँदा त्यसको संरक्षणको लागि पनि कार्यक्रम गर्ने प्रयास गरिएको उनले बताइन् । ‘जातीयताको अस्तित्व नै नरहे राष्ट्रको अस्तित्व रहनै सक्दैछ,’ उनी भन्छिन्, ‘त्यसैले लोप हुन लागेको मगर समुदायको कौराहा ९कानराहा० सँगै भाषा तथा भेषभूषालाई संरक्षण गर्न पनि हामीले सानो प्रयास थालेका हौँ ।’

यही पुस २३ गते भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा हुने प्रतियोगिताको लागि विभिन्न शीर्षकमा दश उपसमिति गठन गरेर तयारी थालेको अध्यक्ष मगरले जानकारी दिइन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनै समूहले क्रमशः २५ हजार, १५ हजार र १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी हुनका लागि समूह दर्ता शुल्क २ हजार रूपैयाँ तोकिएको संघले जनाएको छ । प्रत्यक्ष गायनमार्फत कौराहा आयोजना गर्न लागेको संघका उपाध्यक्ष रमेश रानामगरले जानकारी दिए । ‘पोषाक, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखेर मौलिकताका आधारमा मूल्यांकन गर्नेछौँ,’ उनले भने ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram