Listen Live: 

चितवनको रत्ननगरका विद्यालयहरुमा एक करोड तीन लाख रुपैयाँ बेरुजु

Radio Chitwan
बुधबार, पुस २०, २०७९

चितवन, पुस २०(

चितवनको रत्ननगरका विद्यालयहरुमा एक करोड तीन लाख रुपैयाँ बेरुजु रहेको छ ।

नगरकार्यपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकस्तरीय बैठकमा सरकारी विद्यालयमा बेरुजु बढेको भन्दै नगरप्रमुख प्रल्हाद सापकोटाले चिन्ता व्यक्त गरेका हुन् । विद्यालयले समयमै बिल पेस नगर्दा महालेखाले एक करोड तीन लाख रुपैयाँ बेरुजु औँल्याएको उनको भनाइ थियो ।

कार्यक्रममा नगरप्रमुख सापकोटाले विद्यालयहरुमा नियमित हाजिर नगर्ने, सार्वजनिक खरिद प्रक्रिया नअपनाउने, भुक्तानी भइसक्दासमेत बिल भर्पाइ फछ्र्योट नगर्नेजस्ता समस्या देखिएकाले यस्तो प्रवृत्ति अन्त्य गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिए । रत्ननगर नगरपालिकाले विद्यालयको हितमै काम गरिरहेकाले प्रशासनिकरूपमा कुनै पनि समस्या झेल्नु नपर्ने उनले बताए ।

रत्ननगर नगरशिक्षा कार्यालयद्वारा आयोजित बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा देखिएका समस्या समाधान गर्न निर्देशन दिइएको थियो । नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले विद्यालयको निर्माण कार्यमा विधि प्रक्रिया अपनाउन आग्रह गरे । उनले भने, ‘भुक्तानी प्रक्रियामा चितवनमै हामी नमुना छौँ । कर्मचारीले दुःख दिएको भए गुनासो गर्नुस् । तर, समयमै काम गर्नुस् ।’
सबैभन्दा बढी बेरुजु विद्यालयमै देखिएकोले प्रशासनिक काममा चुस्तता अपनाउन उनले आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विद्यालयहरुको शैक्षिक प्रगति सन्तोषजनक नरहेको र निर्माणका काम प्रभावकारी नभएकोबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘विगतमा बेरुजु देखिने गरी काम भयो । अब अन्तिम रिपोर्ट पेश नगरेसम्म भुक्तानी दिइँदैन ।’ उनले शिक्षक, कर्मचारी, वडाध्यक्ष र राजनीतिक दलको नेतालाई विद्यालय व्यवस्थापन समितिमा नराख्नसमेत निर्देशन दिए । संस्थागत कुराहरुलाई मनन गरेर अगाडि बढ्नसमेत उनले प्रधानाध्यापकलाई निर्देशन दिए ।

नगरशिक्षा अधिकारी बद्रीनारायण शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा शर्माले विद्यालयहरुलाई समयमै कार्यसम्पादन गर्न, शिक्षक तथा कर्मचारीको तलब वितरण गर्न र आगामी दिनमा गुनासो नआउनेगरी प्रभावकारीरूपमा काम गर्न निर्देशन दिए । विद्यालयमा जुनसुकै समस्या आएमा नगरशिक्षा कार्यालय समन्वय गर्न तत्पर रहेको उनको भनाइ थियो । त्यस्तै बैठकले माघ १४ देखि १६ गतेसम्म राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

आन्य समाचारहरु:-
September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 12, 2023
प्रधानमन्त्री, एमाले अध्यक्ष ओली लागायत शीर्ष नेता पुगे शिक्षण अस्पताल

काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]

September 5, 2023
‘बालेनहरु’लाई तह लगाउन सरकारले थाल्यो कानुन निर्माणको तयारी

काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram