कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको रत्ननगरका विद्यालयहरुमा एक करोड तीन लाख रुपैयाँ बेरुजु

चितवन, पुस २०(
चितवनको रत्ननगरका विद्यालयहरुमा एक करोड तीन लाख रुपैयाँ बेरुजु रहेको छ ।
नगरकार्यपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकस्तरीय बैठकमा सरकारी विद्यालयमा बेरुजु बढेको भन्दै नगरप्रमुख प्रल्हाद सापकोटाले चिन्ता व्यक्त गरेका हुन् । विद्यालयले समयमै बिल पेस नगर्दा महालेखाले एक करोड तीन लाख रुपैयाँ बेरुजु औँल्याएको उनको भनाइ थियो ।
कार्यक्रममा नगरप्रमुख सापकोटाले विद्यालयहरुमा नियमित हाजिर नगर्ने, सार्वजनिक खरिद प्रक्रिया नअपनाउने, भुक्तानी भइसक्दासमेत बिल भर्पाइ फछ्र्योट नगर्नेजस्ता समस्या देखिएकाले यस्तो प्रवृत्ति अन्त्य गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिए । रत्ननगर नगरपालिकाले विद्यालयको हितमै काम गरिरहेकाले प्रशासनिकरूपमा कुनै पनि समस्या झेल्नु नपर्ने उनले बताए ।
रत्ननगर नगरशिक्षा कार्यालयद्वारा आयोजित बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा देखिएका समस्या समाधान गर्न निर्देशन दिइएको थियो । नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले विद्यालयको निर्माण कार्यमा विधि प्रक्रिया अपनाउन आग्रह गरे । उनले भने, ‘भुक्तानी प्रक्रियामा चितवनमै हामी नमुना छौँ । कर्मचारीले दुःख दिएको भए गुनासो गर्नुस् । तर, समयमै काम गर्नुस् ।’
सबैभन्दा बढी बेरुजु विद्यालयमै देखिएकोले प्रशासनिक काममा चुस्तता अपनाउन उनले आग्रह गरे ।
प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले विद्यालयहरुको शैक्षिक प्रगति सन्तोषजनक नरहेको र निर्माणका काम प्रभावकारी नभएकोबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले भने, ‘विगतमा बेरुजु देखिने गरी काम भयो । अब अन्तिम रिपोर्ट पेश नगरेसम्म भुक्तानी दिइँदैन ।’ उनले शिक्षक, कर्मचारी, वडाध्यक्ष र राजनीतिक दलको नेतालाई विद्यालय व्यवस्थापन समितिमा नराख्नसमेत निर्देशन दिए । संस्थागत कुराहरुलाई मनन गरेर अगाडि बढ्नसमेत उनले प्रधानाध्यापकलाई निर्देशन दिए ।
नगरशिक्षा अधिकारी बद्रीनारायण शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा शर्माले विद्यालयहरुलाई समयमै कार्यसम्पादन गर्न, शिक्षक तथा कर्मचारीको तलब वितरण गर्न र आगामी दिनमा गुनासो नआउनेगरी प्रभावकारीरूपमा काम गर्न निर्देशन दिए । विद्यालयमा जुनसुकै समस्या आएमा नगरशिक्षा कार्यालय समन्वय गर्न तत्पर रहेको उनको भनाइ थियो । त्यस्तै बैठकले माघ १४ देखि १६ गतेसम्म राष्ट्रिय रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

