Listen Live: 

भरतपुर महानगरपालिकाले शीतलहरको प्रभावबाट जोगिन सर्वसाधरणहरूमा सजगता अपनाउन आग्रह

Radio Chitwan
बुधबार, पुस २०, २०७९

चितवन, पुस २०(

भरतपुर महानगरपालिकाले शीतलहरको प्रभावबाट जोगिन सर्वसाधरणहरूमा सजगता अपनाउन आग्रह गरेको छ ।

जाडोयाम सुरु भएसँगै महानगरमा पनि शीतलहरको प्रभाव पर्न सक्ने भएकाले चिसोबाट बच्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।
महानगरले आज एक सूचना प्रकाशित गर्दै गोडा माथिदेखि नै बाक्लो तथा न्यानो कपडा लगाउन, कोठा न्यानो पार्न र प्रयाप्त हावा ओहरदोहर हुने व्यवस्था मिलाऊन आग्रह गरेको छ । शीतलहरले सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा, महिला तथा दीर्घ रोगीहरूलाई प्रभाव पार्ने हुँदा सतर्कता अपनाउन आग्रह गर्दै आमाको दूध खाने बच्चाहरुलाई नियमितरूपमा स्तनपान गर्न तथा तातो तथा पोषिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गर्न अनुरोध गरेको छ । कोठामा आगो, मकल, कोइला, हिटर बाली झ्याल ढोका बन्द गरेर सुत्दा श्वास फेर्न नसकी निसास्सिएर मृत्युसमेत हुन सक्ने भएकाले सजगता अपनाउन सूचनामा महानगरले आग्रह गरेको छ ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै नछाड्न, धुमपान तथा मध्यपान सेवन नगर्न र स्वास्थ्यसम्बन्धी कुनै समस्या आइपरेमा तुरुन्त नजिकको स्वास्थ संस्थामा सम्पर्क राख्न समेत अनुरोध गरेकी छन् । यसैगरी शीतलहरका बखत सकेसम्म घर बाहिर खुल्ला स्थानमा धेरैबेर नबस्न र शीतलहरका बखत पाल्तु पशुपंक्षीलाईसमेत असर पर्ने हुँदा सकेसम्म खुल्ला स्थानमा नराखी गोठ, टहरामै राखी प्रर्याप्त घाँस,पराल, दानापानी खुवाउन पनि दाहालले आग्रह गरेकी छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram