काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]
स्वतन्त्रबाट विजयी दीपेन्द्र पुन माओवादीमै फर्किए

२० पुस, काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ ९२० बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर ९सिजल० नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दीपेन्द्र साढे ५ हजार भन्दा बढी मत अन्तरले विजयी पनि बने । दीपेन्द्रले १४ हजार ९२७ र अमरसिंहले १० हजार ४०६ मत पाएका थिए ।
अहिले दीपेन्द्रले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना पत्र लेख्दै पार्टीमै फर्किन चाहेको बताएका छन् । उनलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गरिसकेका छन् ।
दीपेन्द्र माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादीले पार्टीका सबै जिम्मेवारीबाट निस्कासन गरेको थियो । उनले आत्मालोचना पत्रमा पुनः पार्टीमा फर्केर जिम्मेवारी पूरा गर्न चाहेको उल्लेख गरेका छन् ।
काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]
चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
कालिका, असोज ८– राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश […]