Listen Live: 

चितवनमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीबीसहित ६ वटा टिप्पर प्रहरीलको नियन्त्रणमा

Radio Chitwan
बुधबार, पुस २०, २०७९

चितवनमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीबीसहित ६ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी र रत्ननगर नगरपालिका विभिन्न खोलाहरुबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसीबी सहित टिप्परहरुलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारीसाधनलाई कारवाहीका लागि सम्वन्धित नगरपालिका पठाइएको छ ।

खैरहनी नगरपालिका वडा नम्बर ३ बाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा एउटा जेसीबीसहित चार वटा टिप्परलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले बा १ क ६०३६ नम्बरको जेसीबी तथा ग २ ख ९३४, ना ८ ख २९३४, ना ७ ख २६७३ र ना ८ ख ६२७१ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि खैरहनी नगरपालिका पठाइएको छ ।

यस्तै प्रहरीले रत्ननगर नगरपालिकाबाट दुई वटा टिप्पर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको टोलीले रत्ननगर नगरपालिका वडा नं ३ बाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ना ८ ख १४९४ , र ना ८ ख ५९५३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि रत्ननगर नगरपालिका पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँले नगरका विभिन्न क्षेत्रमा अबैध रुपमा डम्पिङ गरिएको ६ सय ३१ घनमिटर नदीजन्य पदार्थ समेत नियन्त्रणमा लिएको बताउनुभयो । जिल्लाका विभिन्न पालिकाहरुमा पछिल्लो समय अबैध रुपमा उत्खनन् र विक्री वितरण भइरहेको जनगुनासो बढेपछि प्रहरीले सक्रियाता बढाएको जनाएको छ ।

आन्य समाचारहरु:-
October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 2, 2023
चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

चितवन, असोज  १४ –  चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]

October 1, 2023
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँः रवि लामिछाने

दाङ,असोज १३-

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram