कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण

भरतपुर,पुस २०(
स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको हो । मङ्गलबारदेखि सुरु भएको कार्यशाला बिहीबारसम्म सञ्चालन हुनेछ ।
परम्परागतरूपमा सञ्चालित परीक्षा प्रणालीलाई सुधार गर्ने कार्ययोजनाअनुसार प्रशिक्षकलाई प्रशिक्षण दिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । शैक्षिक मूल्याङ्कनलाई खास स्तरको मापदण्डमा पु¥याई उच्च गुणस्तरयुक्त शिक्षा बनाउन स्तरीय परीक्षा प्रश्न निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले स्तरीय परीक्षा आगामी वर्षदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । यसका लागि प्रश्न निर्माणसम्बन्धी तालिम देशभर सञ्चालन गरी सात सय ५३ स्थानीय तहका शिक्षकलाई तालिम नै प्रदान गरिने योजना रहेको छ ।
स्तरीय परीक्षण निर्माणमा विज्ञको समूहबाट प्रश्नपत्र निर्माण,सुधार, पूर्वपरीक्षण, उपयुक्त प्रश्न छनोट, प्रश्न बैंक निर्माण, समरुप परीक्षण तथा परीक्षा सञ्चालनजस्ता कुरा पर्दछन् । स्तरीय परीक्षामा निर्माण गरिएका प्रश्न वैध र विश्वसनीय हुने शैक्षिक गुणस्तर परीक्षा केन्द्रका श्यामप्रसाद आचार्यले बताउनुभयो । उहाँले वैधता कायम गर्न पूर्वपरीक्षण गरिएका प्रश्नपत्र प्रयोग गरी परीक्षा सञ्चालन गरिने बताउनुभयो ।
कार्यशालामा सहभागी ३३ जिल्लाका अङ्ग्रेजी, गणित र विज्ञान विषयका एक एक जना प्रशिक्षकको उपस्थिति रहेकामा बागमती प्रदेशका १३, गण्डकीका ११, लम्बिनीका छ, मधेस प्रदेशका तीन जिल्लाका प्रशिक्षक सहभागी छन् । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा अङ्ग्रेजी विषयमा डा टीकाराम भट्ट र पशुराम तिवारी, गणित विषयमा रमेशप्रसाद अवस्थी तथा विज्ञान विषयमा जयप्रकाशलाल श्रीवास्तव र खिलनारायण श्रेष्ठले प्रशिक्षण दिनुहुने छ ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]