रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ मा लोकसेवा तथा शिक्षा सेवा आयोग तयारी कक्षा शुक्रबारबाट सुरु भएको छ । वडा कार्यालयको आयोजनामा ६० दिने कक्षा सुरु भएको […]
चितवनमा बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते
चितवन,पुस २०(
चितवनमा बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते भएका छन् । इच्छाकामना गाँउपालिका वडा नम्बर ३ को माझगाँउ, नागदह, ढाप, चिसापानीमा कुकुरको टोकाइबाट स्थानीय घाइते भएका हुन् । घरमा काम गरिरहेका र बाटोमा हिडिरहेका बेला कुकुरले टोकेको स्थानीयले बताएका छन् ।
कुकुरले टोकेर घाइते भएका सबैलाई कुरिनटारस्थित स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको छ भने १७ जनालाई थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । कुकुरलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाइएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिनुभयो । कुकुरले टोकेका सबैलाई सम्पर्कमा आउन गाँउपालिकाले अनुरोध गरेको छ । पालिकाले घइतेलाई अस्पताल ल्याएको र उपचारमा लाग्ने खर्च व्यहोर्ने गाँउपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो ।
लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ […]
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]