काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
भरतपुरका सन्तोष न्यौपाने भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा प्रथम

चितवन, पुस १९
भरतपुरका सन्तोष न्यौपाने भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा प्रथम भएका छन् ।
भरतपुर महानगरपालिका–२५ शुक्रनगरका सन्तोष न्यौपानेले ज्योतिष संकायतर्फ स्नातकोत्तर ९आचार्य० मा सर्वाधिक अंक प्राप्त गरेका हुन् । फलित ज्योतिषमा एक हजार ३४४ अंक ल्याएका उनी ज्योतिष शास्त्रमानै सबै भन्दा धेरै नम्बर ल्याउने विद्यार्थी बने ।
विश्वविद्यालयको ४०औं दिक्षान्त समारोहमा उनलाई विश्वविद्यालयसँगै फलित ज्योतिषमा उत्कृष्ट बनेको भन्दै दुई वटा स्वर्ण पदकले सम्मान गरिएको थियो । सामान्य किसान परिवारमा हुर्किएका न्यौपानेले नेपालमा एसएलसी पासपछि भारतमानै गएर संस्कृत पढेका थिए । उत्कृष्ट बनेसँगै न्यौपाने पिएचडीको तयारीमा लाग्ने बताएका छन् । न्योपानेले संस्कृत र संस्कृतिको विकासका लागि सधै कृयाशिल रहने बताउँदै सनातन संस्कृति रक्षार्थ सबै नेपालीलाई एकजुट हुन आग्रहसमेत गरेका छन् ।
स्नातक ९शास्त्री० तहमा १२ कम हुँदा कम हुँदा उनी मेडलबाट चुकेका थिए । यद्यपि अहिले उनै न्यौपानेले आफ्नो प्रतिस्पर्धी भन्दा १४७ नम्बर बढी ल्याउँदै विश्वविद्यालय प्रथम बनेका हुन् । न्यौपानेको शुक्रनगरमा बुबा र आमा छन् । पाँच दिदीको विवाह भइसकेको छ । न्यौपानेले भने, ‘ ज्योतिषी क्षेत्रलाई केवल आर्थिक आम्दानी मात्रको लागि प्रयोग नगरी यो प्राचीन विज्ञानलाई विश्वसामु परिचित बनाउने लक्ष्य छ ।’ उनले १३ वर्षको उमेर घर छाडेका थिए । तीन वर्ष दाङमा अध्ययन गरेपछि त्यहाँबाट एसएलसी पास गरेर भारतको बनारस गएर उच्च शिक्षा लिएका हुन् ।
सन् १७९१ मा स्थापना भएको यस विश्वविद्यालय भारतको प्राचिन मध्येको एक विश्वविद्यालय हो । यहाँ भारतसहित नेपाल, थाइल्याण्ड, बर्मालगायतका देशबाट विद्यार्थीहरु पढ्न आउँछन् । उनीसँगै नवलपुर दलदलेका कृष्ण भूर्तेलले नब्बे न्याय र बाजुरा बडिमालिकाका सिद्धराज उपाध्यायले पुरान इतिहासमा १÷१ स्वर्ण पदक प्राप्त गर्दै विश्वविद्यालय प्रथम बनेका छन् ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]