Listen Live: 

विवाहको ३० वर्षपछि भएको थियो पुटिनको ‘डिभोर्स’, रहस्यले भरिएको छ व्यक्तिगत जीवन

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

रुसका राष्ट्रपति भ्लादिमीर पुटिन प्रायः कुनै–कुनै कारणले चर्चामा आइरहन्छन् । कहिले विलासी जीवनशैलीका कारण त कहिले अनौठो सोखका कारण चर्चामा आउँछन् अनि कहिले भने उनी आफ्नो महलको कारण बाहिर आउँछन् । पुटिनको राजनीतिक जीवनको बारेमा त धेरैलाई थाहा नै छ तर उनको व्यक्तिगत जीवन भने रहस्यले भरिएको छ । उनी पारिवारिक कुराहरु भने गोप्य राख्ने गर्छन् ।  केही समयअगाडि रुसी राष्ट्रपति पुटिनले कोरोना भाइरसको समयमा आफ्नी छोरीलाई पनि खोप लगाएका थिए । यसबाहेक कुनै पनि समयमा पुटिनले छोरीको विषयमा उल्लेख गर्दैनन् । उनका जम्मा २ जना छोरी भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । उनको परिवार सार्वजनिक हुनबाट जोगिन्छन् ।  पुटिनकी पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ । उनले यो विषयको जानकारी भने आफैले टेलिभिजनलाई दिएका थिए । उनकी पूर्वपत्नीको नाम ल्यूडमिला हो । दि विकका अनुसार ल्यूडमिला विवाहअगाडि प्लाइट अटेन्डेन्टको काम गर्ने गर्थिन् । त्यो समयमा यो जागिरलाई राम्रो जागिरको रुपमा लिइन्थ्यो । सन् १९८० को दशकमा पुटिनसँग उनको भेट थियटरमा भएको थियो । उनीहरु त्यहाँबाट नै साथी बने ।  एक अन्तर्राष्ट्रिय पत्रिकाका अनुसार सन् १९८३ को जुलाई २८ मा उनीहरु दुईको तस्बिर बाहिरिएको थियो । पुटिनले विवाहको लगभग ३० वर्षपछि अर्थात सन् २०१३ मा श्रीमतीसँग डिभोर्स गरेको घोषणा गरे । तर, उनीहरुको विवाह कहिले भएको थियो रहस्यमा नै छ ।  बिजनेसइनसाइडरका अनुसार पुटिनका दुई छोरीहरु छन् । एउटाको नाम मारिया भोरोन्सोवा र अर्कोको नाम कतेरिना तिखोनोवा हो । रिपोर्टका अनुसार मारिया सन् १९८५ मा जन्मिएकी हुन् भने तिखोनोवा सन् १९८६ मा जन्मिएकी हुन् । सन् १९९६ मा पुटिनको परिवार मस्को गएको थियो । त्यहाँ नै दुवै छोरीहरुलाई जर्मन भाषाको स्कुलमा भर्ना गरियो । तर, पुटिन राष्ट्रपति बनेपछि उनीहरुको नाम परिवर्तन गरिएको थियो । उनीहरुको नाम परिवर्तन गरेर फेक आइडी बनाइएको थियो । 

आन्य समाचारहरु:-
November 30, 2023
आकर्षक मूल्यमा बिक्री हुँदै चितवनको अगौटे सुन्तला

चितवन, मंसिर १४- जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु […]

April 5, 2023
नेकपा एकीकृत समाजवादी पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन

चितवन, चैत २२– नेकपा ९एकीकृत समाजवादी० पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन भएका छन् । आज ९बुधबार० बसेको जिल्ला पदाधिकारी बैठकले उपाध्यक्ष रहेका भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको प्रचार […]

November 16, 2022
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ७ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात […]

August 17, 2022
रत्ननगर हिप हप मोबाईल हाउसको लक्कि ड्र. मार्फत ५ जनाले पाए बम्पर उपहार

रत्ननगर, भदौ १- रत्ननगर टाडीँ बजारमा अबस्थित हिप हप मोबाईल हाउसको हरेक महिनाको १ गते हुने लक्कि ड्र. आज भदौ १ गते सञ्चालन गरिएको थियो । उक्त लक्कि ड्र. मार्फत […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram