कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान

काठमाडौं ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको पुस १५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो।
राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गर्दै मर्जरपछि बन्ने बैंकको नाम परिवर्तन गर्न निर्देशन दिएको छ । दुवै बैंकको साधारणसभाले मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड कायम हुने गरि प्रस्ताव पारित गरेको थियो । तर राष्ट्र बैंकले भने ग्लोबल आईएमई बैंक लिमिटेड मात्र राख्न निर्देशन दिएको स्रोतले जनाएको छ ।
राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि बैंकलाई एकिकृत कारोबारको बाटो खुल्ने छ ।
दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुन लागेका हुन् ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]