कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पोखरा म्याराथन ६ फागुनमा, बिजेतालाई ५ लाख

१९ पुस, पोखरा । १७ औं संस्करणको पोखरा म्याराथन ६ फागुनमा हुने भएको छ । भूतपूर्व खेलाडी मञ्चले हरेक वर्ष आयोजना गर्ने यो प्रतियोगितामा विभिन्न ८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
पोखरा म्याराथनले यसै वर्ष अन्तर्राष्ट्रिय म्याराथनहरुको छाता संगठन ‘एम्स’बाट मान्यता पाएको छ । प्रतियोगितामा खुला म्याराथन ९४२।१९५ किमी०, हाफ म्याराथन ९महिला० २१।०९७ किमी, १० किलोमिटर पुरुष र महिला दौड, ५ किलोमिटर विद्यालयस्तरीय छात्र–छात्रा दौड, ह्विलचियर तथा दृष्टिविहीन दौड ९महिला, पुरुष० र ‘रन फर फन’ इभेन्ट हुने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।
उनका अनुसार यसै संस्करणदेखि खुला म्याराथन विजेताले ५ लाख रुपैयाँ पाउनेछन् । अघिल्लो संस्करणमा पुरस्कार राशी ४ लाख रुपैयाँ थियो । यो नेपालमा हुने म्याराथन प्रतियोगिताको पुरस्कारमध्ये सर्वाधिक राशी पनि हो ।
म्याराथनमा दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले २ लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । ‘प्रदेशबाट पनि आफ्नै खेलाडी उत्पादन गर्न प्रदेशस्तरीय धावकलाई पनि छुट्टै पुरस्कार राशीको व्यवस्था गरेका छौं’, अध्यक्ष पराजुलीले भने ।
म्याराथनमा गण्डकी प्रदेशतर्फ पहिलो हुनेले ५० हजार, दोस्रो ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाउनेछन् । महिला हाफ म्याराथन, १० किमी महिला र पुरुष दौड, ह्विलचियर तथा दृष्टिविहीन दौडको पुरस्कार राशीमा पनि वृद्धि गरिएको मञ्चले जनाएको छ ।
महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका अध्यक्ष पराजुलीले जानकारी दिए । ‘सबै इभेन्टमा गरेर १७ लाख ५२ हजार रुपैयाँ हामीले पुरस्कारमा मात्रै वितरण गर्दैछौं,’ उनले भने ।
म्याराथन प्रतियोगिताका छाता संगठन आवद्ध ‘एम्स’को मान्यता पाउन आफूहरुले २ वर्षअगाडिबाटै योजना बनाए पनि हालैमात्र त्यसमा सफल हुन सकेको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले जानकारी दिए । ‘अब हाम्रो प्रतियोगिता पनि अन्तर्राष्ट्रियस्तरमा आधिकारिकता पाएको छ । हामीले साचेको भन्दा एक वर्ष अगाडि नै मान्यता पाउन सफल भयौं,’ उनले भने ।
चिप्सको प्रयोग
म्याराथनलाई प्रविधिमैत्री बनाउन यसै संस्करणदेखि चिप्सको प्रयोग गरिने आयोजक भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ । अध्यक्ष पराजुलीका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनका धावकले चिप्स प्रयोग गर्नेछन् ।
‘चिप्सको प्रयोगले नेपाली तथा विदेशी धावकलाई हौसला प्रदान गर्नेछ । टाइम अक्युरेट हुने भएकाले निर्णायकलाई पनि धेरै सहज हुनेछ’, अध्यक्ष पराजुलीले भने, ‘धावकको समयलाई निश्चित बनाउने हाम्रो प्रयास हो ।’
प्रतियोगिता भाग लिन अफ्रिकी मुलुकका २५ र नेपालका २५ धावक सम्पर्कमा आइसकेको मञ्चका केशव पाठकले जानकारी दिए । उनका अनुसार अफ्रिकाबाट सबैभन्दा बढी केन्याबाट पोखरा म्याराथनमा भाग लिन इच्छुक देखिएका छन् ।
गत वर्षको १६ औं पोखरा म्याराथन केन्याली धावक कोसगेईले जितेका थिए । उनले निर्धारित दूरी २ घन्टा ४३ सेकेन्डमा पार गरेका थिए । दोस्रो पनि केन्याकै धावक सिमिओन किप्लागातो भएका थिए । उनले निर्धारित दूरी २ घन्टा २१ मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]