Listen Live: 

आफ्नो कुकुरबिना युक्रेन छोड्न नमानेका भारतीय विद्यार्थी

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत एक भारतीय विद्यार्थीले आफ्नो कुकुरबिना युद्धले आक्रान्त बनेको युक्रेनबाट बाहिरिन अस्वीकार गरेका छन् । पूर्व युक्रेनस्थित खारकिब नेशनल युनिभर्सिटी अफ रेडियो इलेक्ट्रोनिक्स रिसब कौशिकले कुकुरलाई पनि आफूसँगै उद्धार गराउनका लागि विभिन्न कागजात मिलाइरहेको तर त्यहाँका अधिकारीले लगातार थप कागजातको माग गरिरहेको उनले बताए । ‘उनीहरुले मेरो एयर टिकट मागिरहेका छन् । युक्रेनको एयरस्पेस बन्द भइरहेको अवस्थामा मसँग कसरी टिकट हुन्छ ?’ उनले भने । कौशिक​का अनुसार उनले दिल्लीमा रहेको भारतीय सरकारको एनिमल क्वारेन्टिन एन्ड सर्टिफिकेशन सर्भिस (एक्यूसीएस) र युक्रेनस्थित भारतीय दूतावासमा सम्पर्क गरेको तर यसले कुनै फाइदा नपुगेको उनले बताए । सोसल मिडियामा अपलोड गरिएको भिडियोमा उनले दिल्लीको आइजीआई एयरपोर्टमा आफ्नो स्थितिबारे जानकारी दिन फोन गरेको तर उताबाट ती व्यक्तिले दुर्व्यवहार गरेको र उनलाई कुनै सहायता नदिएको बताएका छन् । ‘भारतीय सरकारले मलाई कानुन बमोजिम नो अब्जेक्सन सर्टिफिकेट दिएको भए म यतिबेला भारतमा हुने थिएँ,’ उनले भने । कौशिक राजधानी किभको बंकरमा लुकिरहेका छन् । बंकरभित्र अत्यधिक चिसो भएकोले आफ्नो कुकुरलाई न्यानो पार्न साइरन, गोली बारुदका आवाजबीच पनि उनी बाहिर निस्किरहेको बताएका छन् । खारकिभमा यत्तिकै टहलिरहेको ‘मालिबु’ लाई उनले अघिल्लो वर्ष फेब्रुअरीमा भेटेका हुन् । ‘मेरो उडान फेब्रुअरी २७ तारिखमा थियो तर म यहाँ अड्किएको छु,’ उनले भने । भिडियो फ्रेममा आफ्नो कुकुरलाई देखाउँदै उनले मालिबु असाध्यै तनावमा भएको र निरन्तरको बम बिस्फोटका कारण सधैँ भरी रोइरहेको बताए । ‘तपाईंहरुले सक्नुहुन्छ भने कृपया हाम्रो सहयोग गर्नुहोस् । किभस्थित भारतीय दूतावासले पनि हामीलाई सहयोग गरिरहेको छैन । कसैले पनि हामीलाई केही जानकारी दिएको छैन,’ उनले भारतीय सरकारलाई अपिल गर्दै भने ।

आन्य समाचारहरु:-
March 16, 2024
आजको राशिफल - Today's Horoscope

२०८० चैत ३ गते | शनिवार १६ मार्च २०२४। फाल्गुण शुक्लपक्ष सप्तमी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - Aries चु, चे, चो, ला, लि, […]

January 27, 2024
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी […]

January 9, 2024
रत्ननगर महोत्सव : खगेरी खोलामा मोटरबोटको मज्जा

रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सवको अबलोकनकर्ता खगरी खोलामा मोटरबोटको मज्जा लिन पाउने भएका छन् । नयाँ पर्यटकीय स्थलको पहिचान […]

December 31, 2023
दुरा सेवा समाज भरतपुर चितवनले मनायो म्हैप्रुनकुमा (खाजा खाने)पर्व

चितवन,भरतपुर पौष १५ दुरा सेवा समाज भरतपुर चितवन ले म्हैप्रुनकुमा (खाजा खाने)पर्वको अवसर पारेर शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वार्ड नं ७ विणी चोक मा रहेको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram