काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]
भरतपुर महानगरपालिकाले भोलिदेखि अवैध संरचना भत्काउन थाल्ने

चितवन, पुस १८–
भरतपुर महानगरपालिकाले भोलिदेखि अवैध संरचना भत्काउन थाल्ने भएको छ । मापदण्ड विपरित बनेका संरचना आफै भत्काउन महानगरले दिएको समय सिमा आज सकिँदै छ । महानगरले मंसिर १३ गते ३५ दिने सूचना जारी गरी मापदण्ड विपरित निर्माण भएका भवन, सिमा पर्खाल र अस्थायी टहरा हटाउन भनेको थियो ।
सार्वजनिक जमिनमा स्वीकृति नलिई निर्माण भएका संरचना, सडक क्षेत्राधिकार मिचेर निर्माण गरिएको घरटहरा, नक्सापासमा वेसमेन्ट पार्किङको स्वीकृति लिई अन्य प्रयोजनमा प्रयोग भइरहेका बेसमेन्ट, स्वीकृति नलिई घर अगाडि हालिएका ट्रस, जस्ता राखेर बनाइएको संरचना महानगरले हटाउन भनेको थियो ।
पहिलो चरणमा महानगरभित्रको सार्वजनिक जमिन कब्जा गरेका, सार्वजनिक जमिन भोगाधिकार लिई व्यापारिक प्रयोजनमा भाडामा दिएका र सडक अधिकार क्षेत्र मिचेका संरचनाहरु भत्काउन लागिएको महानगरका इन्जिनियर सागर कार्कीले जानकारी दिए । उनका अनुसार महानगरले कुन सडकको सडक अधिकार क्षेत्र कति हुने भनेर सार्वजनिक गरिसकेको छ । महानगरमा अब बन्ने नयाँ सडकको चौडाइ कम्तीमा छ मिटर हुनुपर्ने मापदण्ड छ ।
काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]
चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]