Listen Live: 

‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत सोमबार भरतपुर–२१ का बालबालिकाहरुलाई न्यानो कपडा बितरण

Radio Chitwan
सोमवार, पुस १८, २०७९

चितवन, पुस १८–

भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत सोमबार भरतपुर–२१ का बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

भरतपुर–२१ रंगिलामा रहेको आधारभूत विद्यालय रंगिला र राष्ट्रिय प्राथमिक विद्यालय सितापुर स्कुलमा पुगेर भरतपुरका उपमेयर चित्रसेन अधिकारीले न्यानो कपडा बितरण गरेका हुन् ।

आधारभूत बिद्यालय रंगिलामा ८१ जनालाई र राष्ट्रिय प्राथमिक बिद्यालय सितापुरका २८ जना बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । मेयरसँग बालबालिका कार्यक्रम मुलत बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरु प्रति लक्षित छ ।

कार्यक्रममा भरतपुर महानगरका उपमेयर अधिकारीले अब कुनै पनि बालबालिका चिसोबाट प्रभावित हुनुनपर्ने बताए । चिसोबाट थप कोही पनि प्रभावित हुन नपरोस् भन्ने हेतुले भरतपुर महानगरले ससाना बालबालिकाहरुलाई लक्षित गरेर न्यानो कपडा बितरण गरेको उपप्रमुख अधिकारीको भनाइ छ ।

यसअघि भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका ९३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
चितवनमा २ हजार किलो भारतीय अवैध माछा नष्ट

चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram