कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
चितवनका अग्रज साहित्यकार रेशम विरहीको नयाँ उपन्यास ‘कली’ माघ पहिलो हप्ताबाट बजारमा आउने

चितवन, पुस १८(
चितवनका अग्रज साहित्यकार रेशम विरहीको नयाँ उपन्यास ‘कली’ माघ पहिलो हप्ताबाट बजारमा आउने भएको छ ।
शहरमा झाँडु लगाउने महिलाहरुको कथा बोकेको यस उपन्यास शिखा बुक्सले बजारमा ल्याउन लागेको हो ।
शहरमा झाँडु लगाउने महिलाले देखेको समाजको राजनीतिक कुरुपतालाई उपन्यासमा समेटिएको उपन्यासकार विरहीले नारायणी अनलाइनलाई बताए । ३५० पृष्ठको उपन्यास चितवन र देवघाट वरिपरीको जनजीवनमा केन्द्रित रहेको छ ।
गोरखाको हर्मीमा जन्मिएर भरतपुरको रामपुरमा स्थायी बसोबास गर्ने साहित्यकार विरहीको कली दोस्रो उपन्यास हो । यसअघि उनको ‘प्रेमदासको डायरी’ प्रकाशित भएको थियो । गीतानगर स्कुल पढ्दादेखि विसं २०२५ सालमा भएको निवन्ध लेखन प्रतियोगितामा पहिलो भएपछि उनी अहिलेसम्म साहित्य क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनको यसअघि ६ वटा कविता संग्रह, दुईवटा निबन्ध संग्रह र एउटा पत्रकारितासँग सम्बन्धित पुस्तक प्रकाशित भइसकेका छन् ।
२००९ सालमा जन्मिएर सात दशक उमेर पार गरिसकेका विरहीको उपन्यास, निबन्ध र कविता गरेर अन्य चारवटा पुस्तकको पाण्डुलिपी तयार रहेका छन् । आफूले लेखेका कृतिहरुमा सबैभन्दा बढी निबन्ध मन पर्ने विरहीले नारायणी अनलाइनलाई बताए ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]
काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]