काठमाडौं – आज २०८१ साल माघ १५ गते मंगलबार माघ कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जनवरी २८ तारिख। नेपाल नर्सिङ्ग दिवस । मंगलबार गणेशको पूजा, अर्चना र व्रत […]
यी महिलाले ६ दशकपछि बैंक खाता हेर्दा सरप्राइज

६० वर्षसम्म पनि बैंक खाता नहेरेकी एक स्कटिस महिलाले आफ्नो ३.३५ डलरको निक्षेप बढेर ३३५ डलर पुगेको पाएकी छन् । फिलिपिन्समा हुर्किएकी ७४ वर्षकी कारोल एलिसन आफू ६ वर्षको हुँदा हजुर आमासँग स्कटल्यान्डको भ्रमणमा गएकी थिइन् । हजुरआमाले उनलाई ट्रस्टी सेभिङ बैंकमा खाता खोल्न सहयोग गरेकी थिइन् । यो बैंकलाई हाल टीएसबीको नामले चिनिन्छ । उनको हजुरआमाको ८० वर्षको उमेरमा १९६९ मा निधन हुनु पहिले निक्षेप रहेको बैंक खाता हस्तान्तरण गरेकी थिइन् । एलिसन हाल इडिनबर्गको स्टकब्रिजको क्षेत्रमा बस्दै आएकी छन् । उनले हालै मात्र बैंक बुक फेला पारेको उनले बताइन् । घरको सरसफाइ गर्दाको समयमा उनले बैंक खाता रहेको बुक फेला पारेकी हुन् । उनले उक्त बुक बैंकमा लिएर गइन् र उनको खाता अझैपनि चालू अवस्थामै थियो । उनले ६ दशक भन्दा अगाडि ३.३५ डलर लगानी गरेको र हाल यो ३३५ डलर पुगेको पाएकी छन् । ‘म वास्तवमै खुसी छु र मेरी हजुरआमालाई धन्यवाद दिन चाहन्छु,’उनले भनिन् । यो अवधिमा सबै समय उनको निक्षेपको व्याज बढ्दै गएको बैंकका कर्मचारीहरुले बताएका छन् । एलिसनले अन्य दुई बैंकहरुको पनि बुक खोजिरहेको र थप अनपेक्षित हुन सक्ने उनको आशा छ । अन्य दुई बैंकमा पनि कति जम्मा भएको छ भनेर आपूmलाई कौतुहल लागिपरेको उनले बताइन् ।
बागलुङ, कात्तिक ५- पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने […]
२०८० चैत ३ गते | शनिवार १६ मार्च २०२४। फाल्गुण शुक्लपक्ष सप्तमी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - Aries चु, चे, चो, ला, लि, […]
रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी […]