Listen Live: 

क्यानडामा जन्मियो हरियो कुकुर

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

क्यानडामा एउटा कुकुरले हरियो रङका छाउरा जन्माएको छ । एक क्यानेडियन दम्पतीले पालेको ३ वर्षे बुलडगले ८ छाउराछाउरीलाई जन्म दियो तर ती सबै हरियो रङका छन् । नयाँ जन्मेका छाउरा छाउरीमा हरियो भुवा भएको ती दम्पतीले बताएका  छन् । मिडल स्याकभिलेका ट्रेभर र अउद्राले ती जोडीको कुकुरले सातवटा छाउरा छाउरी पाएपछि प्रश्रवको काम सकिएको बताए  । तर कुकुरले अर्को बच्चा समेत जन्माउने तयारी गरेको छ । ‘फ्रेयाले आठौं बच्चा पाइ । हामीले उनलाई धोइ पखाली गरेर सुकाउन थाल्यौ र नयाँ बच्चा हरियो रंगको भएको पायौ । यसको लगत्तै केही गलत भएको हामीले पायौ । त्यसपछि हामीले यसलाई गुगलमा राख्यौ, मेरो घरमा कुकुरले पाएको छाउरा हरियो रंगको छ, यो के गलत हो । यो स्पष्ट रुपमा अत्यन्त दुर्लभ हो र विश्वभरीले थोरै मात्र यस्तो हुने गरेको छ,’ ट्रेभर मोसरले ग्लोबल न्युजलाई बताए । यो दुर्लभ अप्राकृतिक रंग पहिले पनि जन्मेका थिए । गर्भमा रहेको समयमा पित्तबाट हरियो रंगको सम्पर्कमा आएको कारणले नयाँ जन्मिएको छाउरो पनि हरियो भएको मानिएको छ । ‘म वास्तवमै एक किसिमको अचम्ममा परेको छु । यो दुर्लभ भएको छ । म पनि यसको अंश हुन पाएकोमा खुसी छु । यो अचम्म लाग्दो राम्रो थियो,’ मोसरले बताए । यो जोडीले जन्म देखिनै छाउराको हरियो रंग फेरिन थालेको पनि बताएका छन् । 

आन्य समाचारहरु:-
January 28, 2025
मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल माघ १५ गते मंगलबार माघ कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जनवरी २८ तारिख। नेपाल नर्सिङ्ग दिवस । मंगलबार गणेशको पूजा, अर्चना र व्रत […]

October 21, 2024
बागलुङको छुर्पी अमेरिका निर्यात

बागलुङ, कात्तिक ५- पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने […]

March 16, 2024
आजको राशिफल - Today's Horoscope

२०८० चैत ३ गते | शनिवार १६ मार्च २०२४। फाल्गुण शुक्लपक्ष सप्तमी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - Aries चु, चे, चो, ला, लि, […]

January 27, 2024
सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र, १८ गते उद्घाटन

रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram