Listen Live: 

चितवनमा होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने

Radio Chitwan
आइतवार, पुस १७, २०७९

चितवन, पुस १७(

चितवनमा होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने भएको छ ।

आज नारायणगढमा भएको पत्रकार सम्मेलनमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहाले पुस १९ र २० गते भरतपुरको धावन रिक्रियसनमा सम्मेलन गर्ने जानकारी गराएका हुन् ।

संघले समग्र व्यवसायलाई नै पर्यटन मैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकोले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरेको छ । सम्मेलनमा देशभरका प्रदेश संघ, जिल्ला संघ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै करिब ७०० प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनको दोस्रो दिन भरतपुर महानगरपालिकाभित्र प्रतिनिधि र पर्यवेक्षकका लागि निःशुल्क सवारीसाधन सञ्चालन गरिने व्यवस्था मिलाएको संघले जनाएको छ ।

होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोरोना तथा आर्थिक मन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताए । उनले भने, ‘नारायणगढ बजारमा पनि अधिकांश सटरहरु अहिले बन्द भएका छन् । व्यवसायमा पूरै मन्दी आएको छ । सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्नेछ । ’ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रममा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुती र कार्यशालाहरु पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिए । उनले भने, ‘राष्ट्रिय सम्मेलनबाट भरतपुर महानगरको पर्यटकीय गतिविधि चलायमान पनि हुनेछ ।’ सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चितवनका होटल व्यवसायी दिनेशकुमार चुके अध्यक्षको मुख्य दाबेदार रहेका छन् । विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी संघको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो । यसपटक हुने चौथो अधिवेशन तथा दशौं वार्षिक साधारण सभा उद्घाटन अघि भरतपुरको चौबिस कोठीबाट उद्घाटन स्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली गरिने जनाइएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram